• २२ असार २०८१, शनिबार

ब्लड बैंक सञ्चालनका लागि सिन्धुली समाज अमेरिकाको १० लाख सहयोग

blog

काठमाडौं, भदौ २९ गते । निःशुल्क ब्लड बैङ्क सञ्चालनको लागि एक करोडको अक्षयकोष स्थापनाको लागि सिन्धुली समाज अमेरिकाले १० लाख भन्दा बढी सहयोग प्रदान गरेको छ। 

सिन्धुलीमा घर भएर अमेरिकामा बसोबास गरिरहेका व्यक्तिको संस्था सिन्धुली समाज अमेरिकाले १० लाख ४४ हजार ६ सय ५१ रुपियाँ सहयोग गरेको हो।

एक भर्चुअल कार्यक्रममार्फत सिन्धुली समाज अमेरिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठमार्फत नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको खातामा रकम पठाइएको संस्थाकी अध्यक्ष वन्दना कोइरालाले जानकारी दिनुभयो ।

जन्मिएको ठाउँमा कर्म गर्न नसकिए पनि आफ्नो जिल्लालाई सदैव सहयोगको लागि सिन्धुली समाज अमेरिका स्थापना गरिएको संस्थाका उपाध्यक्ष छेवाङ दोर्जे लामाले बताउनुभयो।

सिन्धुली समाज अमेरिका संस्थाका पदाधिकारी तथा सदस्य र सिन्धुली जन्मस्थान भएर अमेरिकामा बसोबास गरिरहेका ५० जना व्यक्तिसँग रकम सङ्कलन गरेर अक्षय कोष स्थापनाको लागि सहयोग प्रदान गरिएको मिडिया कोअडिनेटर प्रकाश आचार्यले जानकारी दिनुभयो ।