• ६ जेठ २०८१, आइतबार

कांग्रेस सहमहामन्त्री यादवको शल्यक्रिया सफल, गर्धनमा टाँका लगाइयो

blog

वीर अस्पतालमा उपचार गराउनुहुँदै कांग्रेस सहमहामन्त्री महेन्द्र यादव । तस्बिरः न्युज एजेन्सी नेपाल

काठमाडौं, भदौ २० गते। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको शल्यक्रिया पश्चात् रक्तश्राव रोकिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। 

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेडेण्ट डा. बद्री रिजालले टाउकोको भागमा रहेको घाउलाई न्युरो सर्जरीका विज्ञ चिकित्सकले शल्यक्रिया गरेपछि रक्तश्राव रोकिएको र टाँका लगाइएको जानकारी दिनुभयो।  डा. रिजालले उहाँको स्वास्थ्य अवस्थास्थिर रहेको जानकारी दिनुभयो। 

उहाँलाई अहिले अब्जरभेसनका लागि ट्रमा सेन्टरको आईसियुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उहाँको भनाइ छ। 

नेपाली कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा आक्रमण भएको हो।

 

यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको हो। खुकुरी प्रहार गर्ने युवालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। 



 

यो पनि पढ्नुहोस