• १२ साउन २०८१, शनिबार

पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी : डा.शाही

blog

काठमाडौं, भदौ १९ गते । ग्लोबल क्यानको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा पाठेघरको मुखको क्यान्सरले प्रत्येक दिन ६ जनाको मृत्यु हुन्छ । क्यान्सर रोग विशषेज्ञ डा.अरुण शाहीका अनुसार पाठेघरको मुखका कोषिकाको अनियन्त्रित, असामान्य, अनावश्यक रुपले वृद्धि हुनुलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ। 

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ‘ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणले गर्दा हुने डा. शाहीको भनाइ छ । उहाँका अनुसार ९९.९ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’को सङ्क्रमणले गर्दा हुन्छ । 

त्यसैगरी, ०.१ प्रतिशत सानो उमेरमा  विवाह गरे, असुरक्षित यौनसम्पर्क, सानै उमेरमा धेरै बच्चा जन्माउने, सरसफाइको कम, धूमपान गर्ने महिलाहरु पाठेघरको मुखको क्यान्सरको जोखिममा बढी हुने  डा.शाही बताउनुहुन्छ । 

फोहोर गनाउने पानी आउने, याेनी वरिपरि घाउखटिरा आउने, यौनसम्पर्कपछि रगत देखिने, महिनावारीको बीचबीचमा रगत देखिनु, ढाड, कम्मर, तल्लो पेट दुख्नु, हातखुट्टा सुन्निने जस्ता लक्षण देखिए तुरुन्त चिकित्सककोमा जान सुझाव छ । 

पाठेघरको मुखको क्यान्सर हुन नदिन ह्युमन पापिलोमा भाइरस विरुद्ध (एचपिभि) खोप लगाउन चिकित्सकको सुझाव छ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन पापिलोमा भाइरस  भएकाले यो खोप प्रभावकारी भएको उहाँ बताउनहुन्छ । 

विश्व स्वास्थ्य सङ्गठनले सुरुवाती चरणमा ९ देखि १५ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीलाई अनिवार्य खोप लगाउन सुझाव दिएको छ । सोही सुझाव सोरुप नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट कसैको पनि अकाल्कै मृत्यु नहोस् भन्ने उद्देश्यले ह्युमन पापिलोमा भाइरसको विरुद्धको खोप ९ देखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क रुपमा सञ्चालन गर्ने घोषण गरेको छ ।

सोही अनुरुप सरकारले २० हजार एचपीभी खोप ल्याएको छ । खोप लगाएकाह्रुमा ह्युमन प्यापिलोमा भाइरसले भविष्यमा गराउने पाठेघरको मुखको क्यान्सरको जोखिम ७० प्रतिशत कम गर्ने अध्ययनबाट पुष्टि भएको शाहाको भनाइ छ ।  यो खोप ९ देखि २६ वर्ष उमेर समूहका महिलाहरुलाई बढी प्रभावकारी हुने डा. शाहको भनाइ छ ।  

 ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई यो खोप दुईवटा डोज लगाउन आवश्यक पर्छ । त्यसैगरी, १५ देखि २६ वर्ष उमेर समूहकाले किशोरीलाई तीनवटा डोज आवश्यक पर्ने डा. शाही बताउनुहुन्छ । ह्युमन प्यापिला भाइरसविरुद्धको खोपको प्रभाकारिता रहेकोले ढुक्का भएर लगाउन डा. शाहीको सुझाव छ । 

यो खोप कस्तो खोेप हो,यसको प्रभावकारीता कति छ ?, कुन उमेर समूहका महिलाले लगाउन मिल्छ ? लगायतका विषयमा केन्द्रित भई क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीसँग गरिएको भिडियो संवाद :


भिडियो: केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।