साफ यू-२० महिला फुटबल : नेपाल र भारत भिड्दै
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मंगलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
बार्सिलोनाको सहज जित
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले सेभियामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले हरायो ।
युनाइटेडले जित्दा आर्सनल र लिभरपुल पराजित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकाल्दा उपाधि दौडमा रहेको आर्सनल र लिभरपुलले हार खेपेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो ।
मेस्सीको निर्णायक गोलमा पीएसजी विजयी
अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा टुलुसविरुद्ध कठिन जित निकालेको छ । घरेलु मैदानामा आइतबार राति भएको खेलमा पीएसजीले टुलुसलाई २–१ गोलले हरायो ।
पत्रकार सुमनको सम्झनामा फुटबल प्रतियोगिता
मुगुको सदरमुकाम गमगढीमा स्वर्गीय पत्रकार सुमन मल्लको सम्झनामा पहिलो सुमन मल्ल स्मृति पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
साफ यू–२० महिला फुटबल : नेपालको खराब सुरुवात
बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ । ढाकामा शुक्रबार साँझ भएको खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोलले पराजित भयो ।
‘ए’ डिभिजन लिग : सकिने बेलामा तयारी
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिले तय गरेको समयमा शहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गरेको भए लिग करिव सकिने बेला भयो ।
रियलको सहज जित
कप्तान करिम बेन्जेमाको चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा रियलले १० खेलाडीमा सिमित भ्यालेन्सियालाई २–० गोलले हरायो ।
काराबाओ कप : युनाइटेड र न्युक्यासलबीच उपाधि भिडन्त
म्यानचेस्टर युनाइटेड काराबाओ (इएफएल ) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा युनाइटेडले नटिङघम फरेस्टलाई २-० गोलले हरायो ।