• १६ चैत २०८०, शुक्रबार

आर्सनलको विजयी सुरुवात

blog

बल खोस्ने प्रयास गर्दै आर्सनल र क्रिस्टलका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौं, साउन २१ गते । आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २–० गोलले हरायो ।

क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली आर्सनललाई जिताउन ग्याब्रिएल मार्टिनेलीले गोल गर्नुभयो । अर्को गोल आर्सनलले विपक्षी मार्क गुएहिबाट आत्मघाती उपहार पाएको थियो । ग्याब्रिएलले २०औं मिनेटमा खाता खोल्नुभएको थियो ।

८५औं मिनेटमा बलब चाउने क्रममा गुएहिको प्रहार आफ्नै पोस्टमा छिरेपछि आर्सनलले अग्रता दोब्बर बनाएको थियो । सिजनको पहिलो जितसँगै आर्सनलले तीन अङ्क बनाएको छ । क्रिस्टलले हारबाट सिजनको सुरुवात गरेको छ । एजेन्सी