• १३ वैशाख २०८१, बिहिबार

साफ यू–१७ का लागि ६० खेलाडीको प्रारम्भिक छनोट

blog

काठमाडौं, साउन १९ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलङ्कामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ फुटबल च्याम्पियनसिपको तयारीका लागि ६० खेलाडी प्रारम्भिक छनोट गरेको छ । छनोटका लागि देशभरबाट सात सय खेलाडीको सहभागिता थियो । 

पछिल्लो समय एन्फाको एकेडेमी बन्द भएका कारण देशभरबाट खेलाडी छनोट गरिएको हो । प्रशिक्षक उर्जन श्रेष्ठल खेलाडीको प्रदर्शनका आधारमा प्रारम्भिक टोलीमा समावेश गर्नुभएको हो । साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत र भुटान छन् । समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश छन् । 

प्रारम्भिक छनोटमा परेका खेलाडीहरुमा अभिषेक थोकर, अनिष उप्रेती, आर्यन बस्नेत, अशिम खड्का, आशिष थारु, अशोक स्याङ्तान, आश्विन घोरासैनी, विजय गुरुङ, विक्रम तामाङ, विशाल भट्टराई, दीपजन श्रेष्ठ, धनसिंह विक, धिरज विक, दिनेश थापामगर, दिवस विष्ट, गौरव महर्जन, हरिश भट्ट, जन प्रकाश बम, कमलबहादुर थापामगर र  खेमराज सुनुवार हुनुहुन्छ । 

यसैगरी कुशल देउवा, लक्षु थापा, मदन पौडेल, मानव पोखरेल, मनित गुरुङ, मार्सल शाही, मिकल गर्वुजा, मिरक लिङ्देन, मुकेश घर्ती, नविन परियार, नेल्सन तामाङ, निरज कार्की, निराजन धामी, निर्देश राई, निशान्त तामाङ, ओम अधिकारी, पाल्देन गुरुङ, पर्वत तामाङ, पवन दाहाल र प्रजय गुरुङ प्रारम्भिक छनोटमा पर्नुभएको छ । 

छनोटमा पर्ने अन्य खेलाडीमा प्रशान्त लक्षम, रविन तामाङ, राजन प्रधान, रिजन श्रेष्ठ, रुविन बोगटी, सचन महतो, सागर रसाइली, समिर तामाङ, सन्देश न्यौपाने, सन्दिप लामा, सन्तोष परियार, श्रीयन्द्र ठकुरी, श्रीयान्स मानन्धर, शुभम थापा, सिजल राई, सुवास गुरुङ, सुदिप रुम्वा, सुजत डङ्गोल, सुशिल तामाङ र युनिस मगर हुनुहुन्छ ।