• ७ जेठ २०८१, सोमबार

एएफसी क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान

blog

एएफसी क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान गर्दै सावित्रा भण्डारी । तस्बिर : सावित्राको फेसबुकबाट

काठमाडौं, साउन २१ गते । एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी शनिबा भारत प्रस्थान गर्नुभएको छ । भारतको गोकुलम केरेला एफसीमा अनुबन्ध हुनुभएकी सावित्रा उज्बेकिस्तानमा अगस्ट २० देखि २६ तारिखसम्म हुने समूह चरणको खेल खेल्न भारत जानुभएको हो ।

एएफसी वुमन्स क्लब च्याम्पियनसिप सावित्रा सम्मिलित गोकुलमको समूहमा उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसी छ । गोकुलमले सावित्रालाई एक सिजनका लागि यसअघि नै अनुबन्ध गरेको थियो ।

सावित्राले यसअघि चौथो संस्करणको भारतको महिला लिग गोकुलमबाट खेल्नुभएको थियो । त्यतिबेला १६ गोल गर्नुभएकी सावित्रा सर्वाधिक गोलकर्ता बन्नुभएको थियो । त्यतिवेला गोकुलम लिग च्याम्पियन पनि बनेको थियो ।