• २० असार २०८१, बिहिबार

मेस्सी चम्किएपछि पीएसजीको सानदार जित

blog

गोल गरेपछि खुसी मनाउँदै लियोनल मेस्सी र नेयमार । तस्बिर : एएफपी

काठमाडौं, सान २२ गते । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा पीएसजीले क्लेरमन्ट फुटलाई उसैको मैदानमा ५-० गोलले हरायो ।

पीएसजीको जितमा मेस्सीले दुई गोल गर्नुभयो । नेयमार, अचरफ हाकिमी र कप्तान मार्किन्हसले एक एक गोल गर्नुभयो । पीएसजीले नवौं मिनेटमा नेयमारको गोलमा सुरुवाती अग्रता लिएको थियो । २६औं मिनेटमा हाकिमीले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

३८औं मिनेटमा मार्किन्हसले गोल गर्दै पहिलो हाफमा पीएसजीको अग्रता बलियो बनाउनुभयो । एकपक्षीय खेलमा पीएसजीले दोस्रो हाफमा दुई गोल थपेको थियो । मेस्सीले ८०औं र ८६औं मिनेटमा लगातार दुई गोल गर्दै पीएसजीलाई सानदार जित दिलाउनुभयो ।

सिजनको पहिलो जितसँगै पीएसजीले तीन अङ्क बनाएको छ । अर्को खेलमा मोनाकोले स्टार्सबर्ग तथा लियोनले एसी अजासियोलाई समान २-१ गोलले पराजित गरेको छ । एजेन्सी