• २० असार २०८१, बिहिबार

साफ यू–२० : भारत च्याम्पियन

blog

उपाधिसँगै भारतीय टोली ।

काठमाडौं, साउन २१ गते । साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि आयोजक भारतले जितेको छ । भारतको भुवनेश्वरमा शुक्रबार राति भएको फाइनल खेलमा भारतले बङ्गलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले हरायो । 

भारतको जितमा गुर्किरात सिंहले चार गोल गर्नुभयो । अर्को गोल हिमान्सु जान्ग्राले गर्नुभयो । बङ्गलादशेका मोहमद रोजन र शाहीम मियाले एक एक गोल फर्काएनुभयो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बारबरीमा सकिएपछि अतिरिक्त समयमा भारतले तीन गोल थपेको थियो । 

फाइनलमा जितसँगै आयोजक भारतले बङ्गलादेशसँग लिग चरणमा खेपेको हारको बदला समेत लिएको छ । पाँच टोली सहभागी प्रतियोगितामा नेपाल, श्रीलंका र माल्दिभ्स लिग चरणबाट बाहिरिएका थिए ।