• १२ वैशाख २०८१, बुधबार

सिटीको विजयी सुरुवात

blog

वेस्ट हामविरुद्ध गोल गरेपछि सिटीका एर्लिङ हालान्ड । तस्बिर : एएफपी

काठमाडौं, साउन २३ गते । डेब्यु खेलमै युवा स्टार एर्लिङ हालान्ड चम्किएपछि साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सिजनको आफ्नो पहिलो खेलमा सिटीले आइतबार राति वेस्ट हाम युनाइटेडलाई २-० गोलले हरायो ।

सिटीको जितमा दुवै गोल एर्लिङ हालान्डले गर्नुभयो । हालान्डले ३६औं र ६५औं मिनेटमा गोल गर्नुभयो । यसै सिजन सिटीमा अनुबन्ध हुनुभएका हालान्डको यो प्रिमियर लिग डेब्यु गोल हो । नर्वेमा युवा स्टार उहाँ यसै सिजन जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटीमा अनुबन्ध हुनुभएको हो ।

सिजनको पहिलो जितसँगै सिटीले तीन अङ्क बनाएको छ । वेस्ट हामले हारबाट सिजनको सुरुवात गरेको छ । अर्को खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराएको छ । लेस्टर सिटीले ब्रेन्टफर्डसँग २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी