• ७ वैशाख २०८१, शुक्रबार

बायर्न म्युनिखको सानदार सुरुवात

blog

सिजनको पहिलो खेलमा प्रतिस्पर्धा गर्दै बायर्न र इनट्राक्ट फ्रान्कफर्टका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौं, साउन २१ गते । साविक विजेता बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा सानदार सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा बायर्न म्युनिखले घरेलु टोली इनट्राक्ट फ्रान्कफर्टलाई ६–१ गोलले हरायो ।

बायर्नको फराकिलो जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिख, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले एक एक गोल गर्नुभयो । घरेलु टोली इनट्राक्ट फ्रान्कफर्टका लागि रान्डल कोलो मुआनीले सान्त्वना गोल फर्काउनुभयो । सिजनको पहिलो जितसँगै बायर्नले तीन अङ्क बनाएको छ । एजेन्सी