रुपन्देहीको कञ्चन गाउँपालिका अध्यक्षमा कांग्रेस बिजयी
रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज ढकाल विजयी हुनुभएको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये मतगणना सकिएर विजय घोषणा भएको यो पहिलो पालिका हो ।
सर्केगार्ड गाउँपालिकामा कांग्रेस विजयी
हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ठान बहादुुर रोकाया निर्वाचित हुनु भएको छ । उहाँ गठबन्धन दलका तर्फबाट निर्वाचित हुनु भएको हो ।
काठमाडौं महानगरपालिका वडा ३ र ५ मा एमालेका उम्मेदवार विजयी
काठमाडौं महानगरपालिका वडा नं. ३ र ५ मा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ ।
कार्यपालिका निर्वाचन १५ दिनभित्र
स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ । कार्यपालिका निर्वाचनका लागि पालिकाभित्रका निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ ।
तनहुँको रिस्तीमा पुनः मतदान सुरु, सवारीसाधन सञ्चालनमा रोक
व्यास नगरपालिका वडा नं. ८ को २ वटा मतदान केन्द्रमा बुधबार पुनः मतदान सुरु भएको छ । निर्वाचन आयोगको शनिबार भएको निर्णयानुसार शुक्रबार भएको मतदानलाई रद्धगरी पुनः मतदान गर्नु भनी निर्देशन भई आएकोेले बुधबार पुन: मतदान भएको हो ।
चाँगुनारायणको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी
चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री विजयी हुनुभएको छ । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गर्नुभयो । यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय भोग्नुभएकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो ।
चौबीस मतदान केन्द्रमा आज मतदान
रौतहटको २४ वटा मतदान केन्द्रमा जेठ ४ गते बुधबार पुनः निर्वाचन हुनेभएको छ । स्थानीय तह चुनावअन्तर्गत वैशाख ३० गते रद्दभएको जिल्लाको छवटा पालिकाका १० वटा मतदान स्थलको २४ वटा मतदान केन्द्रमा पुनः मतदान गराउन निर्वाचन आयोगको आदेशानुसार जेठ ४ गते बुधबार निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताउनुभयो ।
दाङको लमही नगरपालिकामा कांग्रेस विजयी
दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी हुनुभएको छ । नगर प्रमुखमा कांग्रेसका उम्मेदवार जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगी विजयी हुनुभएको हो ।
पालिकाको अन्तिम परिणाम आउने क्रम जारी
मधेस प्रदेशअन्तर्गत जिल्लाका स्थानीय तहको अन्तिम मत परिणाम आउन थालेको छ । अहिलेसम्ममा एक नगरपालिका र चार गाउँपालिकाको मत परिणाम सार्वजनिकभएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशका सप्तरी, धनुषा, सर्लाही, सिरहाका केही स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षका अन्तिम परिणाम घोषणाभएको छ ।
देवघाट गाउँपालिका अध्यक्षमा काँग्रेसका थापा विजयी
तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तिलबहादुर थापा र उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित हुनु भएको छ ।
अधिकांशमा गठबन्धन विजयी
प्रदेश नम्बर १ का विभिन्न पहाडी जिल्लाका अधिकांश स्थानीय तहको मतगणना कार्य सम्पन्न भई अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी प्रदेश १ का तराईका केही स्थानीय तहका मतगणना कार्य पनि सम्पन्न भइसकेको छ ।
भरतपुरमा मतान्तर बढाउँदै दाहाल
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ । दाहाल नौ हजार ४४७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने सुवेदी आठ हजार ५४ मतका साथ पछ्याइरहनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चार हजार २६५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले छ हजार ५७७ मत प्राप्त गर्नुभएको छ ।
पोखरामा गणना ढिलो भएपछि मतगणनास्थल थप
स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीका पाँच पालिकामध्ये चार गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाको परिणाम सार्वजनिक भइसक्दा पनि पोखरा महानगरको गणना जारी छ ।
मत हाल्न आए, नतिजा नआउँदै गए
कैलालीको घोडाघोडी नगरपालिका–१० का देवबहादुर शाहीलाई आफूले दिएको मत काम लागेको नलागेको सुन्ने उत्कट चाहना थियो । आफूले रोजेको उम्मेदवारले जिते विजय जुलुसमा सामेल हुने र आफ्नै गाउँघरको सिंहदरबार हाँक्ने सरकार हेरेर नै जाने सोच थियो तर त्यो अवसर नपाउँदै उहाँ झोलाझ्याम्टा बोकी सुक्खड बसपार्कबाट सीमा नाका गौरीफन्टातिर लाग्नुभयो ।
कनकाई नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार विजयी
झापाको कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुनः नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । पोखरेलले जम्मा आठ हजार ६७३ मत ल्याउदै बिजयी हुनुभयो ।
उमाकुण्ड गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी
जिल्लाको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेस उम्मेदवार सावित्री सुनुवार विजयी हुनुभएको छ ।
थाहामा गठबन्धनका प्रमुख र उपप्रमुख विजयी
मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विष्ट र उपप्रमुखमा नेपाली काँग्रेसका भरत गोपाली विजयी हुनुभएको हो ।
मध्यपुर थिमीमा प्रमुख, उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी
भक्तपुरको मध्यपुर थिमी नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ १५ हजार ९८ मतसहित विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठ चार हजारभन्दा बढी मतले पराजित हुनुभयो ।
राईनासको प्रमुखमा काङ्रेस र उपप्रमुखमा माओवादी केन्द्र निर्वाचित
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत लमजुङको राइनास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले पाँच हजार ८२६ मत ल्याई विजयी हुनुभएको हो ।
काठमाडौंको शंखरापुर नगर प्रमुखमा राप्रपाका नापित, उपप्रमुखमा कांग्रेसका श्रेष्ठ विजयी
काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित चार हजार सात सय मतसहित विजयी हुनुभएको छ ।
राक्सिराङ र गढीमा गठबन्धनका अध्यक्ष र उपाध्यक्ष विजयी
मकवानपुरको राक्सिराङ गाउँपालिकाका र मकवानपुरगढी गाउँपालिका सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
तीन सय ३५ स्थानीय तहको परिणाम : कुन दलकाे कति ?
वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकबाट मत परिणाम आउने क्रम जारी रहेको छ।
ताप्लेजुङका अधिकांश स्थानीय तहमा गठबन्धनको जित
ताप्लेजुङका अधिकांश स्थानीय तहमा सत्ता गठबन्धन विजयी भएको छ। जिल्लाका नौमध्ये पाँच स्थानीय तहमा गठबन्धन दुवै मुख्य पद तथा दुई तहमा एक प्रमुख र एक उपप्रमुख पदमा विजयी भएको हो।
काठमाडौं महानगर प्रमुखमा बालेनलाई चार हजार बढी मतको अग्रता
काठमाडौं महानगर प्रमुखमा ११ हजार ४२ मतसहित स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ। शाहको मत नेकपा (एमाले) का केशव स्थापितले ल्याउनुभएको मतभन्दा चार हजार ८ सयभन्दा बढी छ।