• ४ वैशाख २०८१, मङ्गलबार

थाहामा गठबन्धनका प्रमुख र उपप्रमुख विजयी

blog

मकवानपुरको थाहा नगरपालिकामा पप्रमुखमा विजयी विष्णुबहादुर विष्ट र उपप्रमुखमा विजयी भरत गोपाली । तस्विरः राममणि दाहाल

हेटौँडा, जेठ ४ गते । मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विष्ट र उपप्रमुखमा नेपाली काँग्रेसका भरत गोपाली विजयी हुनुभएको हो ।

प्रमुखमा निर्वाचित विष्टले नौ हजार ७१९ र उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का अच्युतमप्रसाद ढकालले सात हजार ७७१ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा विजयी गोपालीले आठ हजार ६०७ र उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका कल्पना बलामीले आठ हजार ५२२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १२ वटा वडा रहेको पालिकामा माओवादी केन्द्र छ, काँग्रेसले तीन र एमालेले तीन वटा वडा अध्यक्ष जितेको छ ।

यसअघि मकवानपुरगढी, राक्सिराङ र कैलाश गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । यस्तै भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका र उपाध्यक्षमा सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार विजयी बन्नुभएको छ ।  

Author

राममणि दाहाल