• ११ वैशाख २०८१, मङ्गलबार

राईनासको प्रमुखमा काङ्रेस र उपप्रमुखमा माओवादी केन्द्र निर्वाचित

blog

निर्वाचित प्रमखु खड्कबहादुर गुरुङ र पुष्पराज खनाल । तस्विरः बेलिना थापा

लमजुङ, जेठ ४ गते । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत लमजुङको राइनास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले पाँच हजार ८२६ मत ल्याई विजयी हुनुभएको हो । 

उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सिहबहादुर थापालाई एक हजार ५८२ मतान्तरले पराजित गर्नुभएको हो । सिहवहादुर थापाले चार हजार २४४ मत ल्याउनुभएको छ । उपप्रमुखमा माओवादी केन्द्रका पुष्पराज खनाल पाँच हजार ८८६ मतले बिजयी हुनुभएको छ । प्रतिद्वन्दी नेकपा एमालेका शोभा पन्थी चिलुवालले तीन हजार २४३ मत ल्याउनुभएको छ । नगरपालिकाको ४,६,९ र १० काङ्ग्रेसले, २,८ एमाले र १,५ र ७ माओवादी केन्द्रले जितेको छ । 



Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।