• १३ साउन २०८१, आइतबार

काठमाडौंको शंखरापुर नगर प्रमुखमा राप्रपाका नापित, उपप्रमुखमा कांग्रेसका श्रेष्ठ विजयी

blog

काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखमा विजयी राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ ४ गते । काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित चार हजार सात सय मतसहित विजयी हुनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार नापितका निकटतम प्रतिद्वन्द्वी  नेकपा (एकीकृत समाजवादी) केन्द्रका लक्ष्मीप्रसाद श्रेष्ठले चार हजार २०२ मत प्राप्त गर्नु भएको छ ।

नेकपा (एमाले) का कृष्णलाल बजगाँईले तीन हजार ६२२, नेकपा (माओवादी केन्द्र) का मधु केसीले दुई हजार २४४ र जनता समाजवादी पार्टीका भुवन वाईबा तामाङले ९२ मत प्राप्त गर्नुभयो । यसैगरी, नगर उपप्रमुखमा नेपाली कांग्रेसका समिता श्रेष्ठ छ हजार ३६२ मतसहित विजयी हुनुभयो ।

राप्रपाका विजयी कुमारी वाईबाले तीन हजार २९८, एमालेकी लक्ष्मी केसीले दुई ९४३ र माओवादी केन्द्रका चण्डीका चौलागाँईले २ हजार २६२ मत प्राप्त गर्नुभयो ।शंखरापुर नगरपालिकाको वडा नं। १ को अध्यक्षमा  माओवादी केन्द्रका वेद नारायण ६७४ मतसहित विजयी हुनुभएको छ ।

यसैगरी, वडा नं २ मा कांग्रेसका रणबहादुर थिङ ६४७ मतसहित, ३ मा राप्रपाका सूर्यबहादुर तामाङ ७१४ मतसहित, ४ मा कांग्रेसका सुनबहादुर तामाङ ७५४ मत ल्याइ विजयी हुनुभएको छ भने वडा नं।५ मा एमालेका शेर गम्भीर थापा ८४८ मतसहित विजयी हुनुभयो ।

यसैगरी, वडा नं।६ राप्रपाका राधाकृष्ण श्रेष्ठ एक हजार ९१ मत, ७ मा राप्रपाका विष्णुप्रसाद श्रेष्ठ ६५७ मत, ८ मा कांग्रेसका पोते थिङ ७५५ मत र वडा नं ९ मा कांग्रेसका सहदेव श्रेष्ठ ७७४ मतसहित विजयी हुनुभएको हो । सो नगरपालिकामा चार वटा वडामा कांग्रेस, तीन वडामा राप्रपा र एमाले र माओवादीले एक एक वडामा जीत हासिल गरेका छन् ।