• १३ वैशाख २०८१, बिहिबार

उमाकुण्ड गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी

blog

रामेछाप, जेठ ४ गते । जिल्लाको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेस उम्मेदवार सावित्री सुनुवार विजयी हुनुभएको छ । 

सुनुवार तीन हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतबहादुर कटुवालले दुई हजार १७२ मत प्राप्त गर्नुभएको छ । त्यसै गरी राप्रपाका हिक्मत सुनुवारले दुई हजार १४१ मत ल्याउनु भएको छ । 

उपाध्यक्षमा भने नेपाली काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवारले दुई हजार ९ सय २२ मत पाउनु भएको छ । उहाँको निकटतम् प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले दुई हजार ८३४ मत प्राप्त गर्नुभएको छ ।

Author

नवराज श्रेष्ठ