• १६ असार २०८१, आइतबार

सर्केगार्ड गाउँपालिकामा कांग्रेस विजयी

blog

हुम्लाको सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा निर्वाचित ठान बहादुुर रोकाया र उपाध्यक्ष चन्द्रसिंह कार्की । तस्विरः राजन रावत

हुुम्ला वैशाख ४ गते । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ठान बहादुुर रोकाया निर्वाचित  हुनु भएको छ । उहाँ गठबन्धन दलका तर्फबाट निर्वाचित हुनु भएको हो ।

सर्केगार्ड गाउँपालिकाका सहायक निर्वाचन अधिकृत मोहन गिरीका अनुुसार गाउँपालिका अध्यक्ष पदमा नेपाली काँग्रेसका ठान बहादुुर रोकाया निर्वाचित भएको जानकारी दिनुभयो ।  नवनिर्वाचित अध्यक्ष रोकायाले तीन हजार ५४३ मत ल्याएर विजयी हुुनुु भएको हो  । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका ज्ञामी बुुमीले ९९७ मत ल्याउनुु भएको थियो । 

त्यसैगरी उपाध्यक्ष पदमा गठबन्धन दलकै चन्द्रसिंह कार्कीले तीन हजार २८२ मत ल्याएर विजयी हुुनुु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका जुनकुरा कार्कीले एक हजार ६४ मत प्राप्त गर्नुु भएको थियो । त्यसैगरी आठ वडा रहेको सर्केगार्ड गाउँपालिका– १ मा बल कार्की र ६ नम्बर वडामा पदम बहादुुर शाही एमालेबाट विजयी भएका छन् भने वडा नम्बर ८ मा रत्नमल रोकाया, २ मा सिद्ध कार्की र ४ मा धनमल छत्याल नेकपा माओवादी केन्द्रबाट विजयी हुुनुु भएको छ । 

त्यसैगरी वडा नम्बर ७ मा बल खत्री र ५ मा दलबहादुुर सिंह नेपाली काँग्रेसबाट निर्वाचित हुनुु भएको छ  । यता वडा नम्बर ३ मा भने अकिल कार्की स्वतन्त्रबाट निर्वाचित भएका छन् । उहाँ नेपाली कांग्रेस निकट हुनुहुन्छ ।

Author

राजन रावत