• ७ वैशाख २०८१, शुक्रबार

कनकाई नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार विजयी

blog

झापाको कनकाई नगरपालिकाको प्रमुखमा निर्वाचित राजेन्द्रकुमार पोखरेल र उपप्रमुखमा निर्वाचित आशा शर्मा । तस्विरः गोरखापत्र

बिर्तामोड, जेठ ४ गते । झापाको कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुनः नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । पोखरेलले जम्मा आठ हजार ६७३ मत ल्याउँदै विजयी हुनुभयो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत ल्याउनुभयो । पोखरेले चिमरियालाई दुई हजार १२ मतले पराजित गर्नुभयो ।  उपप्रमुखमा नेपाली काँग्रेसकी आशा शर्मा शिवाकोटीले १० हजार ७१३ मत ल्याउँदै विजयी हुँदा एमालेकी मन्जु प्रसाईले आठ हजार ८४५ मत ल्याउनुभयो । प्रसाई झापा विद्रोहकी शहीद रामनाथ दाहालकी छोरी हुनुहुन्छ । कनकाईमा काँग्रेसबाट स्वतन्त्र उम्मेद्वारी  दिएर सुरुदेखि नै अग्रता बनाइरहनुभएका नगरप्रमुख पदका उम्मेद्वार शेरबहादुर थापाले भने तेस्रो लोकप्रिय मत पाँच हजार ५९१ मत ल्याउनुभयो । 

राप्रपाका उम्मेद्वार श्याम ओलीले दुई हजार २ सय ५ मत ल्याउनुभयो । वडाहरुमा समेत ७ वटा वडा नेकपा एमाले र दुई वटा वडामा नेपाली काँग्रेसले विजयी भएको हो । कनकाई नगरपालिकामा जम्मा ३५ हजार ४७१ म्तमा  २५ हजार ८५१ मत खसेको थियो ।  मङ्गलवार बिहान अन्तिम मत परिणाम सार्वजनिक भएको हो । १५ पालिका रहेको झापा जिल्लामा थप १४ पालिकामा भने मतगणना जारी छ । 

Author

लिलाराज खड्का