• ११ वैशाख २०८१, मङ्गलबार

मध्यपुर थिमीमा प्रमुख, उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

blog

मध्यपुर थिमी नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ सहितको निर्वाचित समुह । तस्विरः गोरखापत्र

काठमाडौं, जेठ ४ गते । भक्तपुरको मध्यपुर थिमी नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ १५ हजार ९८ मतसहित विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठ चार हजारभन्दा बढी मतले पराजित हुनुभयो ।

एमालेका श्रेष्ठले ११ हजार ३५ मत ल्याउनुभयो । नेपाल मजदुर किसान पार्टीका आशा हरि प्रजापतिले दुई हजार २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन वाग श्रेष्ठले ९०५ मत ल्याउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका देवीमाया खातीले ११, नेपालका लागि नेपाली पार्टीका राजेश बाडेले २७, नेपाल सुशासन पार्टीका भगवती चौलागाईले १८ मत प्राप्त गर्नुभयो । प्रमुखमा हाँस निर्वाचन चिन्ह भएका स्वतन्त्र उम्मेदवार जीव पति श्रेष्ठको मत ६९ रहेको छ ।

नगर उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का विजयकृष्ण श्रेष्ठले १२ हजार १०१ मतसहित विजयी हुनुभयो । एमालेका उत्तरा नेपाल करिब तीन हजार एक सयभन्दा बढी मतले पराजित हुनुभयो ।

नेमकिपाकी दीक्षा बाडेले दुई हजार ७२२, राप्रपाकी शान्ति श्रेष्ठले ११ सय ५३, लोसपाकका गोविन्द गुरुङले १९ मत प्राप्त गर्नुभयो । हाँस निर्वाचन चिन्ह रहेका स्वतन्त्र उम्मेद्वार भक्त कुमारी श्रेष्ठले १०७ मत ल्याउनुभयो ।

मध्यपुर थिमी नगरपालिकाको वडा नं. १ मा कांग्रेसका बाबुकाजी डंगोल १७ सय ६ मतसहित, २ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ ९८८ मतसहित, ३ मा कांग्रेसका कृष्णहरि आचार्य २२ सय ५२ मतसहित विजयी हुनुभयो ।

वडा नं ४ को अध्यक्षमा १९ सय ३५ मतसहित एमालेका बाल कृष्ण श्रेष्ठ, ५ मा २३ सय ६२ मतसहित कांग्रेसका बालकृष्ण श्रेष्ठ, ६ मा १७ सय २३ मतसहित कांग्रेसका ज्ञान दास प्रजापति,  ७ मा १२ सय ६६ मतसहित एमालेका कृष्ण कुमार प्रजापति, ८ मा १२ सय २६ मतसहित नेमकिपाका रमेश थापा श्रेष्ठ र वडा नं ९ मा १२ सय २६ मतसहित कांग्रेसका सानू काजी राजवाहक विजयी  हुनुभयो ।

मध्यपुर थिमी नगरमा छ वडामा कांग्रेस, दुई वडामा एमाले र एकमा नेमकिपाका वडाअध्यक्ष निर्वाचित हुनुभएको हो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।