• १३ साउन २०८१, आइतबार

रुपन्देहीको कञ्चन गाउँपालिका अध्यक्षमा कांग्रेस बिजयी

blog

रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित नवराज ढकाल मौसमी थापा । तस्विरः छविलाल पाण्डे

बुटवल, जेठ ४ गते । रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज ढकाल विजयी हुनुभएको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये मतगणना सकिएर विजय घोषणा भएको यो पहिलो पालिका हो ।

गाउँपालिका अध्यक्षमा नवराज ढकालले एमालेका दिनानाथ आचार्यलाई एक हजार ४३९ मत अन्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । ढकालले सात हजार ४९९ मत पाएर निर्वाचित हुँदा आचार्यले छ हजार ६० मत पाउनु भएको छ ।

२०७४ को चुनावमा यो पालिका एमालेले जितेको थियो । यसपटक कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरे अनुसार गठबन्धनबाटै पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा विजयी हुनुभयो । उहाँले नेकपा एमालेकी ओमकली राहाडी मगरलाई ६४६ मत अन्तरले पराजित गर्नुभयो । 

थापाले सात हजार ६११ मत पाउँदा राहाडीले ५ हजार ९६५ मत पाउनु भयो । ५ वटा वडा रहेको कञ्चनमा वडा नंं १ र ५ एमालेले तथा २, ३ र ४ नेपाली कांग्रेसले जितेको छ ।


Author

छविलाल पाण्डे