गौर, जेठ ४ गते । रौतहटको २४ वटा मतदान केन्द्रमा जेठ ४ गते बुधबार पुनः निर्वाचन हुनेभएको छ । स्थानीय तह चुनावअन्तर्गत वैशाख ३० गते रद्द भएको जिल्लाको छवटा पालिकाका १० वटा मतदान स्थलको २४ वटा मतदान केन्द्रमा पुनः मतदान गराउन निर्वाचन आयोगको आदेशानुसार जेठ ४ गते बुधबार निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताउनुभयो ।
फतुआविजयपुर नपाको स्वास्थ्य चौकीको दुईवटा मतदान केन्द्र, देवाहीगोनाही नपाको जनप्रिय प्राविको दुई मतदान केन्द्र, यमुनामाई गाउँपालिकाको श्री मावि भेडियाहीको दुईवटा, श्रीमावि चिकनाजेठरहियाको तीन मतदान केन्द्र, गढीमाई नपाको आर्दश प्रावि मतदान स्थलको दुई मतदान केन्द्र, प्रावि लक्ष्मीपुर मतदान स्थलको दुई मतदान केन्द्र, बौद्धीमाई नपाको कङ्काली मतदान स्थलको दुई मतदान केन्द्र, अजगैवी मतदान स्थलको तीन मतदान केन्द्र, इनरवा प्रावि मतदान स्थलको तीन मतदान केन्द्र र गरुडा नपाको शिवशङ्कर प्रावि मतदान स्थलको एउटा मतदान केन्द्रमा पुनः निर्वाचन हुनेछ ।
 
                                        Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                