• १३ साउन २०८१, आइतबार

देवघाट गाउँपालिका अध्यक्षमा काँग्रेसका थापा विजयी

blog

देवघाट गाउँपालिकाका अध्यक्ष थापालाई बधाई दिनुहुँदै जिल्ला न्यायधिश हरिश्चन्द्र ढुङ्गानाल ढुङ्गाना । तस्विरः अमरराज नहर्की

तनहुँ, जेठ ४ गते । तनहुँको  देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तिलबहादुर थापा र उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित हुनु भएको छ  ।
 थापाले  चार हजार ३०६ मत प्राप्त गर्नु भयो भने निकतम् निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गबहादुर थापाले तीन हजार ४८३ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । अध्यक्षमा पराजित एमालेका उम्मेदवार दुर्गबहादुर गाउँपालिकाको निर्वतमान अध्यक्ष हुनुहुन्छ ।  उपाध्यक्षमा माओवादी केन्द्रका गुरुङले तीन हजार ७२१ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी सावित्री न्यौपानेले तीन हजार ४६७ मत प्राप्त गर्नुभयो  । 
सोही गाउँपालिकाको ५ वटा वडा मध्ये नेपाली कांग्रेसले ३ र नेकपा एमालेले २ वटामा विजय हासिल गरेको छ । काँग्रेसले वडा नम्बर २, ३ र ५ जितेको छ भने एमालेले १ र ४ जितेको छ । देवघाटमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । काँग्रेसबाट अध्यक्षमा र केन्द्रबाट उपाध्यक्षमा उम्मेदार उठाईएको थियो । अध्यक्षमा निर्वाचित थापालाई मङ्गलबार जिल्ला न्यायधिश तथा प्रमुख निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले शपथ खुवाउनुभयो । 
Author

अमरराज नहर्की