आजदेखि सुरु हुँदै बिपी महोत्सव
प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले आयोजना गर्न लागेको ‘बिपी साहित्य महोत्सव’ आइतबार सुरु हुँदै छ । ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा तीनदिने महोत्सवको पहिलो दिन बिहान १० बजे प्रजातन्त्रका लागि भएको हवाईजहाज अपहरणको वृत्तचित्र देखाइने छ । ११ बजे पार्टी सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्नुहुने महोत्सव तयारी समितिले जानकारी दिएको छ ।
सम्झनामा साहित्यकार राजापुरी
राजापुर साहित्य प्रतिष्ठानले शनिबार प्रसिद्ध साहित्यकार स्वर्गीय प्रकाश राजापुरीको ८५ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली समारोहको आयोजना गरेर उहाँको योगदानबारे चर्चा गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले स्वर्गीय राजापुरीको साहित्यिक व्यक्तित्वबाट आजको पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो ।
मण्डलामा ‘दमिनी भिर’
मण्डला थिएटरमा नाटक ‘दमिनी भिर’ मञ्चन सुरु भएको छ । इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशनमा बनेको नाटक राजन मुकारुङको उपन्यास दमिनी भिरमा आधारित छ । यो उपन्यास मदन पुरस्कार २०६९ बाट पुरस्कृत भएको थियो । थैली इन्टरटेनमेन्टको सहकार्यमा नाटक तयार भएको हो । साहित्यकार मुकारुङको लेखनमा निर्माण गरिएको यो पाँचौँ नाटक हो । यसअघि उनको लेखनमा ‘घुम्रिएको कपाल’, ‘जोखाना’, ‘हेच्छाकुप्पा’ र ‘खुवालुङ’ मञ्चन गरिएको थियो ।
कवितामार्फत स्वतन्त्रताको आराधना
विषयवस्तुको विविधता हुँदाहुँदै पनि मूल रूपमा कवि सुष्मा दाहालले आफ्नो पहिलो कविता सङ्ग्रह ‘मध्यान्तर’मा नेपाली समाजमा महिला हुनुको नियतिभित्र लुकेका सूक्ष्म पहेलीलाई मुखरित गर्नुभएको छ । पूर्वी पहाड तेह्रथुममा जन्मी हुर्कनुभएकी
पाँच मुक्तक
एक आलोचना नगर्नूस्, जयजयकार पनि नगर्नूस् कृतघ्नलाई कुनै, स्वागत सत्कार पनि नगर्नूस् अहिले संवेदना मरेको यो सङ्कटकालीन समयमा
बिपीको बकपत्र
जब मातृभूमिको सेवा शिरमाथि लिएँ
मुक्तक
कामको चापले बाह्रैै महिना फुर्सद भएन राम्रो सोच्दै भलो गर्नेको याद आएन
महाग्रन्थमा विचरण गर्दा
नेपाली राजनीति शास्त्रका पुस्तकालय प्राध्यापक कृष्ण खनालद्वारा लिखित ‘विश्वेश्वरप्रसाद कोइराला– चेतना, चिन्तन र राजनीति’ यस शताब्दीको नेपाली राजनीति, संस्कृति, विचार, विकास, मनोविज्ञान, इतिहास, भूसंवेदनशीलतामा
घर घरमा ‘अष्टिम्की चित्र’
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कैलालीको जानकी गाउँपालिकाको संयुक्त आयोजनामा भएको ‘थारु लोक चित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यशाला’ सम्पन्न भएको छ
अनुभूति र संवेदनाका कविता
‘किमोथेरापी’ पछि ‘शब्दथेरापी’ मा लागेकी शान्ति शर्मा पछिल्लो छिमलकी परिचित स्रष्टा हुन् । कविता, गीत, गजल र मुक्तकमा सव्रिmय शर्माले ‘अम्लान फूल’ गजल सङ्ग्रह (२०७४) र ‘
पुरस्कार वितरण
नेपालभाषा मिसा खलः स्थापनाको ३४ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा जगतसुन्दर ब्वनेकुथि काठमाडौँले विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा संस्थाले नेपाल भाषाका साहित्यकार तथा प्राध्यापक राजा शाक्यलाई सम्मान गरेको छ । वरिष्ठ समाजसेवी एवं उद्योगपति अम्बिका श्रेष्ठले उहाँलाई सम्मानपत्र प्रदान गर्नुभयो ।
राष्ट्रपति पौडेलद्वारा उत्कृष्ट १० कवि पुरस्कृत
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय कविता महोत्सव २०८० का उत्कृष्ट १० जना कविहरूलाई बिहीबार पुरस्कार प्रदान गर्नुभएको छ ।
स्रष्टा सम्मान पुरस्कार २०८० : राजेश्वर नेपालीसहित १५ जनालाई प्रदान गरिने
मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरूद्वारा १५ जना स्रष्टाहरूलाई सम्मानित गर्ने निर्णय गरेको छ । यस क्रममा वर्ष २०८० को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
नौ जना महिलालाई अनेसास नवरत्न पुरस्कार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याएका नौ जना विशेष महिला व्यक्तित्वलाई नगद दुई सय पचास डलरसहित सम्मानपत्रले सम्मानित गर्न लागेको हो ।
कृष्णमुरारी गौतमलाई ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिने
विसं २०७९ सालको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ ।
माटोको गन्ध (कविता)
मलाई पसिनाको सुगन्धभन्दा पनि माटोको सुवास मन पर्छ ।
बेलायतमा घन्किन्छ नौमती बाजा
रोजगारी र पेसा व्यवसायका क्रममा बेलायतमा बसोबास गर्ने म्याग्देली नौमती बाजा संरक्षणमा जुटेका छन् । म्याग्दी, बागलुङ र पर्वतबाट बेलायत पुगेकाहरू सङ्गठित भएर चौध वर्षअघि धौलागिरि नौमती बाजा समूह बनाएर संरक्षण र प्रचारप्रसारमा जुटेका छन् । जन्म ठाउँको नौमती बाजालाई विदेशी भूमिमा पनि घन्काउन र नयाँ पुस्तालाई सिकाउन उनीहरू जुटेका हुन् ।
बिपी साहित्य महोत्सव तयारी समितिमा थप ११ सदस्य मनोनीत
बिपी साहित्य महोत्सव–२०८० तयारी समितिमा थप ११ सदस्य मनोनीत हुनुभएको छ ।
बाढीको मुढो (कविता)
बाढीले बगाएको मुढो कहाँ पुग्छ र उँभो
दुष्ट अनुहार (कविता)
पिता पुर्खाले भन्थे दुष्टको अनुहार नै नहेर्नू दुष्ट अनुहारको राक्षसी हाउभा
‘चिनियाँ साहित्यको वर्तमान अवस्था’ लोकार्पण
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २० गते । नेपाली पाठकमाझ चिनियाँ साहित्य तथा संस्कृतिसम्बन्धी विशेष जानकारी दिने पुस्तक ‘चिनियाँ साहित्यको वर्तमान अवस्था’ लोकार्पण गरिएको छ । अरनिको समाजद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत छेन सोङ र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईलगायतले डा. सर्वोत्तम श्रेष्ठले अनुवाद गर्नुभएको सो पुस्तक लोकार्पण गर्नुभएको हो । रेन्मङले सम्पादन गर्नुभएको पुस्तकमा समकालीन चिनियाँ साहित्यसम्बन्धी समालोचनात्मक लेखहरूको सङ्ग्रह रहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले डा. सर्वोत्तम श्रेष्ठले चिनियाँ भाषाबाट नेपाली भाषामा अनुवाद गर्नुभएको पुस्तकको माध्यमबाट चीनको साहित्य, संस्कृतिबारे बुझ्ने अवसर मिलेको बताउनुभयो । उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि विभिन्न विभागमध्ये अनुवाद विभागसमेत रहेको र सो विभागमार्फत कम्तीमा छिमेकी राष्ट्रको साहित्य, संस्कृतिबारे लेखिएका पुस्तकको अनुवाद गरी नेपाली लेखक-पाठकमाझ ल्याउने काम जारी रहेको बताउनुभयो । संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीको अरनिको पुस्तकलाई चिनियाँ भाषामा अनुवाद गर्ने योजना रहेको र अन्य चिनियाँ भाषाको पुस्तक नेपाली भाषामा अुनवाद गर्न डा. सर्वोत्तम श्रेष्ठलाई प्रतिष्ठानसँग सहकार्य गर्न पनि उहाँले आग्रह गर्नुभयो । नेपालका लागि चीनका राजदूत छेन सोङले रेसम मार्गमार्फत नेपालसँग चीनको व्यापारिक सम्बन्ध स्थापना भएको लामो इतिहास रहेकोमा अब दुई देशको साहित्य, संस्कृतिमार्फत पनि सम्बन्ध बलियो बनाउने अवसर रहेको बताउनुभयो । उहाँले विगत केही वर्षदेखि नेपाली र चिनियाँ साहित्यकारबिच साहित्यिक र सांस्कृतिक भ्रमण पनि जारी रहेको र अरनिको समाजले यसअघि पनि चिनियाँ साहित्यको अनुवादसहित प्रकाशित भइसकेकाले साहित्यिक क्षेत्रबाट नेपाल र चीनबिचको सम्बन्ध नजिक बन्दै गएको स्पष्ट पार्नुभयो । अरनिको समाजका कार्यवाहक अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले योसहित आधा दर्जन चिनियाँ भाषाको पुस्तकको नेपाली भाषामा अनुवाद गरिसक्नुभएको छ । साहित्यकार ÷समालोचकद्वय अगिव बनेपाली र बच्चु भट्टराईले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।
महोत्सवका लागि नाटक छनोट
पोखरामा भदौ २७ देखि आयोजना हुने विद्यालय नाटक महोत्सवका लागि छनोट भएका नाटकको विवरणसहित मञ्चन मिति आयोजक पोखरा थिएटरले सार्वजनिक गरेको छ । महोत्सवमा पोखरा महानगरपालिकाका विद्यालयका
पूजालाई डायमन्ड अवार्ड
भिडियो निर्देशक तथा गीतकार पूजा ठकुरीलाई डाइमन्ड म्युजिक अवार्ड–२०८० प्रदान गरिएको छ । एनएस म्युजिक प्रालिको आयोजनामा भएको समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ठकुरीलाई ‘बेस्ट म्युजिक मोडर्न सङ भिडियो डाइरेक्टर महिला वर्ष उत्कृष्टता’ को सम्मान ठाकुरीलाई प्रदान गर्नुभएको हो ।
राष्ट्रपतिद्वारा पर्वतारोही र उत्कृष्ट शिक्षक सम्मानित
राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतारोही श्रीआङ छिरिङ शेर्पालाई ‘पी. पी. प्रसाई लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ द्वारा सम्मानित गर्नुभएको छ ।