• १९ वैशाख २०८१, बुधबार

महोत्सवका लागि नाटक छनोट

blog

पोखरा समाचारदाता

पोखरा, भदौ २० गते । पोखरामा भदौ २७ देखि आयोजना हुने विद्यालय नाटक महोत्सवका लागि छनोट भएका नाटकको विवरणसहित मञ्चन मिति आयोजक पोखरा थिएटरले सार्वजनिक गरेको छ । महोत्सवमा पोखरा महानगरपालिकाका विद्यालयका १४ नाटक तथा अतिथि नाटकका रूपमा काठमाडौँबाट थप एक नाटक हेर्न पाइने अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जानकारी दिनुभयो ।  

भदौ २७ गतेदेखि असोज १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा  पहिलो दिन ‘शिलान्यास’ मञ्चन हुने छ । रमेश तिमल्सिनाले निर्देशन गर्नुभएको नाटकका लेखक भीमनिधि तिवारी हुनुहुन्छ । भदौ २८ गते नवदीप बोर्डिङ स्कुल अम्मरसिंहले तयार ‘म..म..म..म..भूत’ नाटक हेर्न पाइने छ । सरुभक्तले लेख्नुभएको नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार हुँदै छ । त्यसबाहेक अन्य १५ वटा नाटक प्रस्तुत हुने आयोजकले जानकारी दिएका छन् । महोत्सवका लागि प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठानले गरेको छ भने गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डे«नले सहकार्य गर्ने भएको छ ।