• २५ वैशाख २०८१, मङ्गलबार

बिपीको बकपत्र

blog

जब मातृभूमिको सेवा 

शिरमाथि लिएँ

समयले दियो जिम्मेवारी 

साहित्य र राजनीति ।


व्यक्तिको समृद्धि 

घेराको उन्नति चटक्कै त्यागेर

रोपेको हो समाजवादको बिउ

जन समृद्धिको

महान् लक्ष्य बोकी ।


प्रिय अनुयायीहरू

सारा वृक्षहरूबाट सिक्नु

नेपाली समाजमा 

समाजवादको नमुना,

कुन सिद्धान्तले क्रियाशील होलान्

पक्षपात रहित 

मानव समाज र पर्यावरणको पक्षमा ।


शब्दले महामानव भनेर

पाउले नीति कुल्चन पाइँदैन 

सक्छौ जन हँसाउ 

यही चाहन्छु म ।

हे !

असङ्ख्य अनुयायीहरू 

गुराँस जस्तै मुस्कुराउँदै

डाँफे जस्तै नाच्दै 

समृद्धिले सगरमाथा चुमेपछि

भन्नू बिपीको सपना पूरा भयो ।