बटुवा
म आज पनि त्यहीँ छु यात्री कुर्दै छु थाह छैन कसलाई
भत्किएको मन (कथा)
तिमीलाई धेरै सम्झाएँ तर तिम्रो कानमा बतास कहिल्यै लाग्दैन । केही सम्झाउँदा मलाई नै गलत ठान्छौ । बरु चाणक्य दर्शन सुन्ने गर । चाणक्यले भनेका कुरा आज पनि प्रासङ्गिक छन् । मान्छे जस्तो कपटी, छली र चाम्रो जात यो ब्रह्माण्डमा कोही छैन । पेटभरि अनेकौँ कुरा राखेर मुखले ठिक्क पार्ने मान्छेको कमी छैन यहाँ । हेर त ! महादेवले पनि सतीलाई आफ्नै बाउको घर जान रोकेका थिए । दिदीबहिनीको वैभवका सामु निम्छरो हुँदा अपमानित हुनु पर्छ भन्ने सन्देश कलियुगका लागि थियो । नत्र सती र शिव त त्रिकालदर्शी थिए । त्यसैले जहाँ हृदयबाट सम्मान हुँदैन, त्यस्तो ठाउँ
आमा र देश
मेरी आमा जस्तो हुनुहुन्छ त्यस्तै छ मेरो देश काटीकुटी केही फरक छैन नाकको टुप्पोमा रिसको हिमाल
टाढा रहेको प्रेमीसँग
म सदेह तिमीसँग छैन त के भयो ? मेरो हंश तिमीमा एकाकार नै छ नि !
बाल साहित्य बालबालिकाका लागि बीज तत्त्व हो: उपकुलपति श्रेष्ठ
उपकुलपति एवम् बाल साहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ (विमल निभा) ले बाल-साहित्य बालबालिकाका लागि बीज तत्त्व भएको बताउनुभयो । शुक्रवार काठमाडौँमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बाल साहित्य समाजद्वारा संयुक्त रूपमा आयोजित विद्यालय पाठ्यपुस्तकका सन्दर्भमा बाल साहित्यको अवस्था विषयक गोष्ठीमा पाठ्यपुस्तकको लेखन र सम्पादन, रचना छनोट प्रक्रिया, बाल साहित्यको समावेश लगायतका विषयमा भएको अन्तरक्रियामा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।
‘आदिकवि भानुभक्त पुरस्कार घोषणा’
नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ प्राध्यापक घनश्याम कँडेललाई प्रदान गर्ने भएको छ। पुरस्कार असार २९ गते ११० औँ भानु जयन्ती समारोहमा समर्पण गरिने छ। पुरस्कारको राशि एक लाख २५ हजार रुपियाँ रहेको छ। त्यस्तै बैठकले यस वर्षको ‘गोपाल पाँडे असीम पुरस्कार’ शैलेन्दुप्रकाश नेपाललाई प्रदान गर्दै छ भने पुरस्कार साउन ३२ गते परिषद्को ७३ औँ वार्षिकोत्सव समारोहमा समर्पण गरिने छ। पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ। अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेको नेपाली शिक्षा परिषद्को प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो।
‘चार कूटनीतिज्ञ’ विमोचन
नेपालको कूटनीतिक इतिहासमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका प्रबुद्ध व्यक्तित्वको अनुभव एवं उहाँहरूले गर्नुभएका योगदान बारेको पुस्तक ‘चार कूटनीतिज्ञ’ विमोचन गरिएको छ।
पाँच साहित्यिक पत्रकार सम्मानित
नेपाल साहित्यिक पत्रकार सङ्घको १७ औँ स्थापना दिवसका अवसरमा सङ्घले पाँच साहित्यिक पत्रकारलाई सम्मानित गरेको छ ।
साहित्यकार दुर्गादेवी नेपालको निधन
साहित्यकार दुर्गादेवी नेपालको ८६ वर्षको उमेरमा निधन भएको छ ।
'द स्टारडस्ट ईन अस' लोकार्पण
युवा प्रतिभा अनीश घिमिरेद्वारा अङ्ग्रेजी भाषामा लिखित उपन्यास 'द स्टारडस्ट ईन अस' लोकार्पण गरिएको छ ।
उपराष्ट्रपतिद्वारा अग्रज स्रष्टालाई सम्मान
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रका अग्रज स्रष्टाहरूलाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९’ प्रदान गर्नुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा समर्पण गरिएको पुरस्कार काठमाडौँ लैनचौरस्थित उपराष्ट्रपति भवनमा मङ्गलबार आयोजित समारोहमा छ जना स्रष्टालाई प्रदान गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
फेसन : नब्बेकै दशक दोहोरिँदै
फेसन पारखीका लागि यति बेलाको मौसम निकै अनुकूल छ । न धेरै जाडो न त अधिक गर्मी । समय समयमा भइरहने वर्षाले शीतलता प्रदान गरिरहेको छ । यही मौसमलाई दृष्टिगत गरेर युवाका लागि निकै मनमोहक फेसन सहर बजारमा आएको छ तर अहिले चलेको फेसन उही ९० को दशकको नै भएको फेसन डिजाइनर बताउँछन् ।
गजल
बिना कसुर सभा छली भाग्नु हुन्न भाइ कान नछामी हल्लापछि लाग्नु हुन्न भाइ !
यो यात्रा जिन्दगीको
सुरु सुरुमा त एकदम हतासिएको थिएँ । निराशाका बादल मडारिएर जिन्दगी नै रित्याए जस्तो लागेको थियो । म जस्तो मान्छे यो ठाउँमा आइपुग्नु, यस्तो स्थितिमा बाँच्न बाध्य हुनु, आफैँलाई अनौठो लाग्छ ।
कतातिर ? (कथा)
सधैँको शनिबार आउने पत्रिका आज आएन । उसले हरेक शनिबार प्रमुख तीन वटा दैनिक पत्रिकाहरू लिने गरेको छ । अरू दिन अफिसमै पढ्छ । शनिबार दिनभर घरमै बसेर पढ्नलाई
नेपाल बालसाहित्य समाजको वार्षिक सम्मेलनको तयारी
नेपाल बालसाहित्य समाजको २८ औँ वार्षिक सम्मेलन प्युठानस्थित जनता माध्यमिक विद्यालयमा आगामी मङ्सिरको दोस्रो साता हुने भएको छ । शनिबार प्युठानमा भएको सरोकारवाला संस्थाहरूको बैठकले यस्तो निर्णय गरेको नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले जानकारी दिनुभयो ।
पत्रकार अधिकारीलाई रोटरी अवार्ड
रोटरी इन्टरनेसनल डिस्ट्रिक-३२९२ ले प्रदान गर्ने गरेको रोटरी जर्नो अवार्डको शिक्षा विधातर्फ गोरखापत्रका पत्रकार प्रकृति अधिकारी पुरस्कृत हुनुभएको छ।
कोहलपुरमा पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शनिबार पुस्तक परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।
एकल लोक गायन प्रतियोगिताको उपाधि चन्द्रालाई
तेस्रो लुम्बिनी एकल लोक गायन प्रतियोगिताको उपाधि बर्दियाकी चन्द्रा पोख्रेलले जित्नुभएको छ । प्रदेशभित्र रहेका गुमनाम प्रतिभा खोज्ने उद्देश्यसाथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशले प्रतियोगिता आयोजना गरेको हो ।
मण्डलामा ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन
थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठुलो सम्भावना रहेको बताउनुभएको छ ।
नेपालमा अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनुहुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केबल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताउनुभएको छ ।
पिताको तस्बिर (कथा)
यसलाई ऊ समस्याका रूपमा लिँदैनथ्यो– आफ्नो दिवङ्गत पिताको एउटा फोटो अथवा तस्बिर घरमा हुनु पर्छ भन्ने । उसको मान्यता थियो यो तर ऊसँग पिताको एउटा पनि तस्बिर थिएन । समस्या यो भइदियो । पिता दिवङ्गत भइसकेको पनि निकै वर्ष बितिसकेका थिए । अहिले आएर उसलाई महसुस भयो, घरमा पिताको एउटा पनि रङ्गीन त के ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिरधरि छैन । पिताको पालामा रङ्गीन तस्बिरको चलन थिएन । आमाको श्यामश्वेत तस्बिर छ । आमाको भएपछि पि
मातृभाषाप्रतिको उत्कृष्ट अनुराग
रामकृष्ण शर्माको भूमि कालेबुङ । शिक्षा, साहित्य, भाषा आन्दोलन र जातीय जागरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको एक ऐतिहासिक स्थल हो कालेबुङ । रामकृष्ण शर्मा सँगसँगै पारसमणिको नाम जोडिएको एक ‘सांस्कृतिकता’ हो कालेबुङ । प्रसिद्ध समालोचक रामकृष्ण शर्माको चर्चा र ख्याति भारतीय नेपाली साहित्यमा शीर्ष स्थानमा छ । तथापि उहाँलाई नेपालको नेपाली साहित्यले पनि उत्तिकै आदर र सम्मानले ग्रहण गरेको छ । रामकृष्ण शर्माले सांस्कृतिक मलजलबाट सिँचेको भू