• २१ वैशाख २०८१, शुक्रबार

सूर्यबहादुर थापाको नौ दशक

blog

प्रस्तुत पुस्तक सूर्यबहादुर थापाले आफ्नै जीवनको अनुभूतिलाई फरक धारमा चित्रण गरिएको निबन्धात्मक शैलीमा छ । यसमा पाँच व्यवस्था, पाँच राजा र पाँच पटक प्रधानमन्त्री बनेको त्रिवेणी पाइन्छ । आफ्नो मानसपटलमा गहिरो छाप बनेर वर्षाैं बसेका कालजयी घटना, दृश्य–परिदृश्य, परिवेश पात्रलाई टपक्क टिपेर सिर्जनात्मक, अर्थपूर्ण र भावपूर्ण अभिव्यक्तिलाई लेखनको माध्यमबाट गणेश पौडेलले उतारेका छन् ।

कुल ८ वटा रचना सङ्ग्रहित छन् । पहिलो परिच्छेदमै ‘पञ्चायतको जन्म’ रहेको छ । विसं. २०१७, महाअष्टमीको दिनमा, अनायाश उहाँलाई दरबारमा बोलाइयो । राजाले २०१७ साल, कात्तिकमा बेलायत भ्रमणमा गएर फर्केपछि ‘पुस १ गते’ एक्सन लिने भन्ने सुनेपछि उनी झस्किए । स्थितिमा सुधार भएपछि “जनताको नासो, जनतामै फर्काउने” आश्वासनलाई विश्वासै गरेपनि, भित्रभित्रै खिचडी पाकिसकेको अवस्था थियो । आदेशानुसार, शाही सम्बोधनको मस्यौदा उनले तयार गरी फर्केपछि उनी झनै अस्थिर भए । उनले लेखेको मस्यौदा हुबहु घोषणा गरिएको थियो ।

उनको जन्मस्थल मुगाबस्तीको झझल्काहरू अविस्मरणीय छन् । प्रकृति, साथी–सङ्गी, अरुण नदी सुसाएको, पाल्तु कुकुरहरू, फोनबाजा, उजेली गाई, ठुलो परिवार, गोठालो जाँदाको पलहरू, हजुरबाद्वारा निर्मित घर छेउकै ‘राम मन्दिर’ मा लगाउने ‘चर्तुमास पुराण’ उनको मानसपटलमा ताजै पाइन्छ । 

बाह्र वर्षकै उमेरमा अध्ययनको सिलसिलामा, काठमाडौँ आएका सूर्यबहादुरले, हुकुमी राणा शासनको रजगज, बर्बरताविरुद्ध आन्दोलन, चैत्य, जीवित कला–संस्कृति, पगोडा शैली आदिको जानकारी प्राप्त गरे । सामाजिक अवस्था, प्रशासनिक ज्ञान, शासन प्रणाली बारेमा आत्मीय मित्र धु्रवशमशेर र रानीसँगको हेलमेलले, प्रवेशिका परीक्षा उप्रान्त अघि बढ्न कोशेढुङ्गा साबित भयो ।

सात सालको प्रजातन्त्रपछि, राणा र काङ्गे्रस प्रतिनिधि सम्मिलित अन्तरिम संयुक्त सरकार बनेपछि, राजनीतिक विवाद हल भई राष्ट्रले अग्रगति लिनेछ भन्ने विश्वास थियो तर मर्यादाक्रमले गर्दा वैमनस्यता छायो । राजा सुप्रिम कमान्डर बने भने गोरखा दलको उपद्रो मच्चिन थाल्यो । नेपालको राजनीतिले २००७ सालपछि अग्राधिकार जमायो । मातृकाप्रसाद कोइराला पहिलो प्रधानमन्त्री बने । पाँचबुँदे सम्झौता गरे पनि सशस्त्र सङ्घर्ष रोकिएन । अन्ततः २००९ साउन ३० गते सत्ता राजासमक्ष गयो । त्रिभुवनको स्वर्गारोहणपछि महेन्द्रको प्रत्यक्ष शासनमार्फत २०१२ वैशाख २५ गते विभिन्न दल र सङ्घसंस्थाहरूको सम्मेलन, दरबारमा भयो ।

२०१२ माघ १३ गते राजा महेन्द्रले टङ्कप्रसाद आचार्यको नेतृत्वमा निर्वाचन सम्पन्न गराउने गरी सरकार गठन गरे । राजा स्वदेश भ्रमणमा पूर्वाञ्चल जानेव्रmममा, पाख्रीबासमा चिनजान र परिचयपछि सूर्यबहादुरको राजनीतिक प्रतिष्ठामा वृद्धि भयो । निर्वाचन, संसद कि संविधान सभा ? भन्ने प्रश्नले अन्योलता सिर्जना ग-यो । २०१४ साउन ११ मा डा. के.आई. सिंहको नेतृत्वमा सरकार गठन भयो । कर्मचारी, ब्यापारी र राजासँग तालमेल हुन नसक्दा, तीन महिनामै उनले राजीनामा दिनु प¥यो । चुनावको तयारी गर्दै शासनको बागडोर राजाले आफैँले सम्हाले । थापाले नेपाली राष्ट्रिय काङ्गे्रसको केन्द्रीय सदस्यमा आबद्ध भई परित्यागसमेत गरे । ३१ वर्षको उमेरमै उनी सल्लाहकार सभाको अध्यक्ष बन्न सफल भए । पहिलो आमनिर्वाचनमा हार व्यहोरेका थापाले संसद् सदस्य बन्ने मौका पाए ।

२०३६ सालको ‘बहुदल कि निर्दल’ को सूत्रधार यिनै मानिन्छन् । विभिन्न कालखण्डमा यिनी मन्त्री, उपाध्यक्ष, अध्यक्ष हुँदै पाँचचोटि प्रधानमन्त्री, पाँच राजा र पाँच व्यवस्था व्यहोरेका, तिरष्कृत र अपमानित भए । यस पुस्तकमा राजनीतिक चेत, चतु¥याइँ, कूटनीति, सौम्यता, स्निग्धता, बौद्धिकता, दर्शन र हार्दिकता प्रतिविम्बित छ । यो पढ्नै पर्ने ऐतिहासिक दस्ताबेज हो । भाषा शिल्प सरल र मिठासपूर्ण छ । 


कृति: मेरो नौ दशक (सूर्यबहादुर थापा)

विधा:  लेख सङ्ग्रह

लेखक: गणेश पौडेल

प्रकाशक: बुकहिल, 

प्रकाशन :  २०७९, भदौ

पृष्ठ :  ३८६

मूल्य :   १३५०।– 

Author

लालबहादुर भुजेल