• ३० भदौ २०८२, सोमबार

पेट्रोलियम पदार्थको मूल्य समायोजन : साविकको खुद्रा मूल्य नै यथावत

blog

काठमाडौं, भदौ ३० गते । नेपाल आयल निगमले नयाँ दिल्लीस्थित इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्य भदौ ३१ गतेदेखि लागू हुने निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनले पठाएको भाडा मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २.५२ ले कमी भए पनि डिजेल र मट्टितेलमा प्रतिलिटर रु. २.१५ ले वृद्धि भएको निगमले स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत कायम गरिएको छ ।’’ 

निगमका अनुसार पेट्रोलको खुद्रा मूल्य घटेर काठमाडौं उपत्यका, पोखरा र ढुवानी केन्द्र नजिकका क्षेत्रमा प्रतिलिटर रु. १८२.५० कायम भएको छ भने डिजेल तथा मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर रु. १७२.१५ पुगेको छ ।

नयाँ मूल्यसूचीअनुसार १५ किलोमिटरभित्रका सबै बिक्री/वितरण केन्द्रहरूमा पेट्रोल, डिजेल र मट्टितेल उक्त मूल्यमा विक्री वितरण गरिने निगमले जनाएको छ ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “पेट्रोलियम पदार्थहरूको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गर्दा उपभोक्ताले प्रत्यक्ष लाभ पाउनेछन् ।”