• २२ वैशाख २०८१, शनिबार

वरिष्ठ संगीतकर्मी ‘गोविन्द ह्यूमत’ एकल साँझ समापन

blog

नेपाल भाषाका वरिष्ठ संगीतकर्मी तथा गायक गोविन्द ह्यूमतको एकल प्रस्तुती कार्यक्रम । तस्बिर : मनोजरत्न शाही

कीर्तिपुर, भदौ ११ गते । नेपाल भाषाका वरिष्ठ संगीतकर्मी तथा गायक गोविन्द ह्यूमतको एकल प्रस्तुती कार्यक्रम समापन भएको छ । कीर्तिपुरको पाँगास्थित सिनेप्लेक्समा सोमबार गोविन्द ह्यूमल सनिल – ११४३ एकल साँझ कार्यक्रम सम्पन्न भएको हो । उहाँले दर्जनभन्दा बढी १५ वटा नेपाल भाषाको गीतमा संगीत एवम् गायन प्रस्तुत गर्नुभयो । 

संगीतकर्मी ह्यूमतले विसं. २०३७ देखि सांगीतिक क्षेत्रमा निरन्तर योगदान गर्दै आउनुभएको छ । उहाँले हालसम्म चारसय वटा गीतमा संगीत प्रदान गर्नुभएको छ । 

उहाँबाट संगीतबद्व गीतहरु नेपाल र भारतका ख्यातिप्राप्त गायक मोहम्मद अजी, अनुराधा पौडयाल, कुमार सानुलगायतका गायकगायिकाको स्वरमा समेत प्रकाशन भइसकेको छ । 

उहाँले नेपाल भाषाका चलचित्रहरु न्हिलाःन्हिलाः हुँ, चरित्र, जीवन यात्रा, उपहार, बांलाः मय्जु, घोषक, अजःमिखा, पानबति, सेरिव वन्जाका गीतहरुमा संगीत दिनुभएको छ । उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जन, हंस स्मृति समाजका अध्यक्ष डा. रमेशमान सिंह, गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक र आयोजकका तर्फबाट विजयलाल डंगोलले उहाँलाई एक लाख रुपियाँ नगद राशीसहित सम्मान प्रदान गर्नुभयो । 

वि.सं. २०२२ वैशाखमा बुवा इन्द्रलाल खड्गी र बुवा द्वारिका खड्गीको कोखबाट काठमाडौं वडा नं. १२ ह्यूमत टोलमा उहाँको जन्म भएको थियो । उहाँले आमा द्वारिकादेवीबाट सांगीतिक क्षेत्रमा लाग्न प्रेरणा मिलेको बताउनुभयो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।