• १२ साउन २०८१, शनिबार

चिन्न नसक्दा

blog

स्कुलमा पढ्दाको साथी किरणलाई भेट्न म उसको घरमा पुगेँ । किरणकी आमाले “कसलाई भेट्न आउनुु भो नि ?” भनेर सोधिन् । मैले “किरणलाई भेट्न आएको हुँ आमा” भनेँ । “किरण अहिले नुहाउँदै छ,” किरणकी आमाले भन्नुभयो । “ठिकै छ म पर्खिन्छु नि त आमा,” मैले भने ।

मेरो साथी किरण नुुहाएर सकेपछि मकहाँ आयो । “ए अरुण बाहिर किन उभिइरहेको भित्र बसेको भए हुन्थ्यो नि,” किरणले भन्यो । मैले केही भन्न सकिनँ । किरणले मेरो हात समात्दै “हिँड् भित्र जाऊ,” भन्यो र मलाई भित्र बैठक कोठामा लग्यो । बैठक कोठामा बसेर हामी गफगाफ ग-यौँ । 

किरणले आमालाई बोलाएर हाम्रो चिनजान गरायो मलाई । बाल्यकालमा देख्नुभएकी आमा अचम्मित हुनुभयो र खुसी पनि हुनुभयो । “छोरा तिमीलाई मैले चिन्न नसकेर हो, भित्र जाऊँ भन्न पनि सकिनँ । के गर्नु ? आजभोलि अपरिचित मानिसलाई घरभित्र बोलाउन पनि डरमर्दो छ । बाबुले यसमा कति पनि चित्त नदुखाऊ है,” भनिन् । “ठिकै छ नि आमा चिन्न नसक्दा यस्तो हुन्छ नि अपराधीहरू अचेल त भद्रभलाद्मीकै भेषमा पनि हुन सक्छन्,” मैले पनि मुस्कुराउँदै भने । 


बुढानीलकण्ठ–४, काठमाडौँ