• १९ वैशाख २०८१, बुधबार

रोचक शैलीमा समाजको यथार्थ चित्रण

blog

नेपाली साहित्यमा परिचित नाम हो सुरेश कुमार भट्ट । उनको नवीन कृति साइनु लोक काव्य बजारमा आएको छ । रचनाकारले यस कृतिमा नेपाली समाजमा छरिएर रहेका विविध सूक्ति, आहान, कहावत, उपदेश, जनश्रुति जस्ता विभिन्न अभिव्यक्तिलाई समेटेर एउटा काव्यात्मक रूप दिएका छन्, जसको नाम रहेको छ साइनु । यस सङ्ग्रहमा समेटिएका एक सय चार वटा कविता सबै हाम्रै परिवेशका वास्तविकता हुन् ।    

कवि भट्टले पहिलो शीर्षक खटपट नामको कवितामा पदप्रतिको मोहले मानवमा खटपटको थालनी हुन्छ भन्ने वास्तकिता उजागर गरिएको छ । यसै गरी मिठो शीर्षकमा कविले राग अनुराग र वैरागका बारेमा, जोगी र भैँसी शीर्षकमा  उनले विकासका लागि भ्यागुताको धार्नी नपुगेको झैँ भएको तीतो यथार्थलाई बडो मिठो शैलीमा पाठक समक्ष पस्किएका छन् । रचनाकारले पातालको पाँच वर्ष नामक कवितामा घरबाट बिछोडिँदाको पीडा र आमाको मायाले पिरोलेको नमिठा पलहरू समेटेका छन् । 

अर्को असार विकास भन्ने शीर्षकमा हाम्रो विकास निर्माणको तरिकाका बारेमा चोटिलो प्रहार भेटिन्छ । मेलम्ची नामक कवितामा आयोजनाको काममा भएको विलम्ब र कमिसनका बारेमा रौँचिरा गर्न सफल रहेका छन् । कृषिप्रधान देशमा कृषकका विविध समस्याका बारेमा उल्लेख गरेका छन् किसान भन्ने शीर्षकमार्फत् रचनाकार भट्टले । लोकबोली नामको अर्को शीर्षकमा कविले हामी आम नेपालीले माल पाएर पनि चाल नपाएको प्रति ज्यादा चिन्ता प्रकट गरेका छन् । 

अवसरवादी कवितामा स्वार्थले मानवलाई कसरी अन्धो बनाउँछ भन्ने सन्दर्भ रोचक ढङ्गले प्रस्तुत गरिएको छ भने कर्म नामको शीर्षकमा नेपाली जनको भाग्य, कर्म र गरिबीको बारेमा रोचक शैलीमा अभिव्यक्त भएको छ । भट्टले लोकवार्तामा एक्लै केही गर्न सकिन्न भन्ने वास्तवितालाई उजागर गरेका छन् । त्यसै गरी बाआमा नामक रचनामा जन्म दिने आमा र बाको महिमाका बारेमा ज्यादै मार्मिक तरिकाले उल्लेख गरेका छन् । 

कथन कवितामा मिठो शैलीमा धनी र गरिबको विशेषता देखाइएको छ । पैसा शीर्षकमा कविले पैसा नै सबैथोक हो भन्ने मानवप्रति द्रव्यपिसाचको उपमा दिँदै त्यस्ता मानवलाई चोटिलो प्रहार गरेका छन् । सङ्केत नामक रचनामा उनले मानवका अनेकौँ चिह्नहरू हुुने जसले मानवलाई चिनाउने वास्तविकताका बारेमा रोचक पारामा व्याख्या गरेका छन् । अन्त्येष्टिमा नेपाली परम्परा, संस्कृति र चलनका सन्दर्भलाई प्रष्ट पारिएको छ । 

लोक सन्देश नामक शीर्षकभित्र साधुुलाई सुली र चोरलाई चौतारो हुुने समाजको चरित्रलाई चित्रण गरेका छन् । केमा यस्तो ? शीर्षकमा रचनाकारले भ्रष्टाचार, नातावाद, कृपावादले गाँजेको जसले विकासमा अवरोध सिर्जना गरेको ठोकुुवासमेत गरेका छन् ।  

टोपी सगरमाथाभित्र हाम्रो मौलिक पोसाक तथा नेपालको पहिचान जस्ता विषयमा व्याख्या गर्दै हाम्रो मौलिक हातहतियारहरू खुुकुुरी, खुुँडा, ढाल र तरबारका बारेमा रोचक शैलीमा प्रस्तुत गरिएको छ । लोकगीत नामक शीर्षकमार्फत नेपाली लोक साहित्यको महिमाका बारेका उल्लेख छ  । अर्को रचना बिगार्ने माउमा देश बिगार्ने नेता भनेका छन् भने सङ्क्रान्ति शीर्षकमा कविले नेपाली चाड पर्व रीतिरिवाजको महìवका सवालमा जानकारीमूलक प्रसङ्ग उठाएका छन् । नारीमा कविले नारीको महिमामयी गाथालाई ज्यादै मार्मिक रूपले उठाएका छन् ।    

म त नेपाली शीर्षकमार्फत वीरता, बहादुुरीपन, निडरता जस्ता नेपाली वीर गोर्खालीको पहिचान निर्माण गरेका नेपालीका बारेमा रोचक ढङ्गले प्रस्तुत गरेका छन् । कौतुहलमार्फत ब्राह्मण र टुुपीको सन्दर्भको बखान गरेका छन् । समग्रमा भट्टले नेपाली जनजीवन तथा सामाजिक परिवेशका सवालमा अनेकौँ सन्दर्भ जोड्दै आफ्नो रचनालाई गहन बनाएका छन् । 

कृति: लोक काव्य 

कृतिकार :  सुरेशकुुमार भट्ट

मूल्य: रु. २००।–


Author

सुदर्शन अधिकारी