• १९ वैशाख २०८१, बुधबार

शुक्रबार रायमाझी साङ्गीतिक साँझ

blog

काठमाडौँ, भदौ १४ गते । गायक नारायण रायमाझी पहिलो पटक एकल साङ्गीतिक साँझमा प्रस्तुत हुने भएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा रायमाझीको प्रत्यक्ष प्रस्तुति हुन लागेको हो । ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ नाम दिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले यस कार्यक्रमको आयोजना गरेको हो । गायक एवं सफल चलचित्र निर्देशक समेत रहनुभएका रायमाझीको यो जीवनकै पहिलो एकल साङ्गीतिक कार्यक्रम हुने छ । साङ्गीतिक साँझमा तीन चरणको प्रस्तुति रहने छ । एउटा चरणमा गीतिनाटक (अपेरा) प्रस्तुत हुने छ । यसमा रायमाझीका गीतलाई दर्शकले नृत्य र अभिनयमा समेत हेर्न पाउने छन् । 

थिएटरका कलाकारदेखि नृत्यमा पारङ्गत कलाकारहरू गीतिनाटकमा समावेश हुनुहुने छ । काठमाडौँ बाहिरबाट समेत कलाकारहरू आएर रिहर्सल गरिरहनुभएको छ भने ४५ देखि ५० मिनेट गीतिनाटक प्रस्तुत हुने गायक रायमाझीले बताउनुभयो । दोस्रो चरणमा रायमाझीका गीतमा उहाँलाई अन्य थुप्रै कलाकारले स्वरमा साथ दिनुहुने छ । तेस्रो चरणमा रायमाझीले लगातार एक दर्जन गीत प्रस्तुत गर्नुहुने छ । यस चरणमा कतिपय गीतमा अन्य कलाकारहरूको समेत साथ रहने छ । कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुने छ ।