• २४ वैशाख २०८१, सोमबार

मुक्तक

blog

कामको चापले बाह्रैै महिना फुर्सद भएन

राम्रो सोच्दै भलो गर्नेको याद आएन

देखावटी फोस्रो सोच कहिल्यै भएन

उनको मनको भावना बुझ्ने समय आएन ।


उनको मनको कुरा बुझ्न मेहनत गर्छु

परिश्रमको कदर गर्दै दायित्वबोध गर्छु

सज्जन बनी उनीसँग मिल्ने बाटो खुलोस्

भविष्यमा राम्रो अवसर हामीलाई मिलोस् ।


फूल हाँस्दा खेरी तिमी पनि हाँस्ने गर

मयूर नाँच्दा खेरी तिमी पनि नाँच्ने गर

मेरो मुटु चल्छ मात्र नजर तिमीले दिए

म बाँच्न सकेँ भने तिमी पनि बाँच्ने गर ।