मलाई
पसिनाको सुगन्धभन्दा पनि
माटोको सुवास मन पर्छ ।
किन किन अचेल
भित्रभित्रै माटोकै रक्षकहरू
धमिराको पहाड बनाइरहेछन्
माटोलाई
माटोको सुगन्धलाई
भित्रभित्रै खोव्रmो सुरुङ खनेर ।
मलाई
माटो छोएर
देशलाई प्रणाम गर्न मन लाग्छ
हरेक बिहान
र,
सूर्यास्तसितै माटोकै जाग्रम
बस्न मन लाग्छ ।
उता,
माटो छोएरै
किरीया खानेहरू
माटोलाई नै
अनागरिक बनाउँदै
देशलाई लिलाम चढाइरहेछन्
कुर्सीको स्वाद र सत्ताको मद
माटोको सुवासभन्दा पनि
मिठो हुनथालेपछि
माटोभरी दुगन्र्ध फैलिँदोरहेछ
सिमानाहरूबाट पनि पर परसम्म ।
रातो गलैँचामुनिबाट
पतपती धुवाँएको नदेख्नेहरूलाई
यो कविको
एउटा अन्तिम प्रश्न बाँकी छ :
माटोको टीका लाएर
माटैमाथि गद्दार गर्नेहरूको
म
कविता लेख्न सक्तिनँ,
तिनलाई
कविता सुनाउन सक्तिनँ ।
मञ्जरी भिलेज, इमाडोल, ललितपुर