• ११ मंसिर २०८१, मङ्गलबार

पुरस्कार वितरण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २२ गते । नेपालभाषा मिसा खलः स्थापनाको ३४ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा जगतसुन्दर ब्वनेकुथि काठमाडौँले विभिन्न कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा संस्थाले नेपाल भाषाका साहित्यकार तथा प्राध्यापक राजा शाक्यलाई सम्मान गरेको छ । वरिष्ठ समाजसेवी एवं उद्योगपति अम्बिका श्रेष्ठले उहाँलाई सम्मानपत्र प्रदान गर्नुभयो । 

धर्मशोभा तुलाधरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमला लुमिन नेपालभाषा सिरपाः मेनकादेवी तुलाधर र रमा कौशल्या लुमन्ति सिरपाः स्त्रीरोग विशेषज्ञ डा. कोकिला वैद्यलाई नगद राशि र सम्मानपत्रसहित प्रदान गरियो ।

त्यस्तै आजीवन सदस्यहरू मोतीलक्ष्मी शाक्य, अमृता रञ्जित र कमला वज्राचार्य, सदिच्छा कारञ्जित, चर्यानृत्य प्रस्तुतकर्ता जगतसुन्दर ब्वनेकुथिका विद्यार्थी कृति नकर्मीलाई पनि सम्मान गरियो ।