• २४ वैशाख २०८१, सोमबार

नौ जना महिलालाई अनेसास नवरत्न पुरस्कार

blog

काठमाडौं, भदौ २१ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका नौ जना विशेष महिला व्यक्तित्वलाई नगद दुई सय पचास डलरसहित सम्मानपत्रले सम्मानित गर्न लागेको हो ।

नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार अनु शाह (साहित्य–बोस्टन), आचार्य प्रभा (साहित्य–कोलोराडो), ज्योति राई (समाजसेवा–न्यूयोर्क), मञ्जु कार्की सङ्ग्रौला (डिसी–समाजसेवा), माया गुरूङ् (साहित्य–बेलायत), रीतादेवी प्रधान (क्यालिफोर्निया–साहित्य), शान्ता घिमिरे (न्यूजर्सी–साहित्य), डा. सङ्गीता स्वेच्छा (साहित्य–बेलायत) र सुनिता डङ्गोल (उपमेयर–काठमाडौँ, समाजसेवा) छन् । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।