• १९ वैशाख २०८१, बुधबार

राष्ट्रपतिद्वारा पर्वतारोही र उत्कृष्ट शिक्षक सम्मानित

blog

राष्ट्रपति रामचन्द्र पौडेल सम्मानितहरूका साथमा । तस्बिर : केशब गुरुङ

काठमाडौं,भदौ १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतारोही श्रीआङ छिरिङ शेर्पालाई ‘पी. पी. प्रसाईँ लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ द्वारा सम्मानित गर्नुभएको छ । 

राष्ट्रपति कार्यालयमा मङ्गलबार आयोजित सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले शेर्पालाई सो अवार्ड र सात प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कार एवम् सम्मान प्रदान गर्नुभएको हो। 

उत्कृष्ट शिक्षकहरूमा कोशी प्रदेशका सोमप्रसाद गौतम (फिक्कल), बागमतीका कमला राई (काठमाडौँ), गण्डकीका टुकादेवी आचार्य (कास्की), लुम्बिनीका गोपालप्रसाद बस्याल (पाल्पा), कर्णालीका जयबहादुर बस्नेत (डोल्पा) र सुदूरपश्चिमका जीतबहादुर चौधरी (कैलाली) पुरस्कृत हुनुभएको हो ।