• १९ वैशाख २०८१, बुधबार

पूजालाई डायमन्ड अवार्ड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २० गते । भिडियो निर्देशक तथा गीतकार पूजा ठकुरीलाई डाइमन्ड म्युजिक अवार्ड–२०८० प्रदान गरिएको छ । एनएस म्युजिक प्रालिको आयोजनामा भएको समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ठकुरीलाई ‘बेस्ट म्युजिक मोडर्न सङ भिडियो डाइरेक्टर महिला वर्ष उत्कृष्टता’ को सम्मान ठाकुरीलाई प्रदान गर्नुभएको हो । 

ठकुरीले गीतकार सेयरा आचार्यको रचना, विपिन घिमिरेको सङ्गीत र प्रमोद खरेलको स्वरमा निर्माण भएको ‘गीत म परदेश जाँदा’ को भिडियो निर्देशनका लागि उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । 

भिडियोमा घरमा आफ्ना आमाबुबा र भर्खर मात्र विवाह गरेर ल्याएकी श्रीमतीलाई छोडेर प्रदेशिएका प्रेमिल जोडीको पीडादायी कथावस्तुलाई र प्रदेशबाट फर्किएपछिको मिठो मिलनको निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । निर्देशक ठकुरीले अवार्ड पाइसकेपछि आफूलाई कामप्रतिको थप जिम्मेवार र  लगनशील हुन प्रेरणा मिलेको बताउनुभयो ।