रातमा भेरी नदीको झङ्कार
सुर्खेतस्थित इत्राम खोलाबाट पछिल्लो रातको चिसो स्याँठमा लपेटिँदै २३ किमी दुरीको छिञ्चु ओर्लिंदा बाहिरी दृश्य अँध्यारो र निःस्तब्ध थियो । रवि भाइको सौजन्यमा मोटरसाइकल लिफ्टमा हुइँकिँदा ठण्डीको असरले शरीर लल्याकलुलुक बन्यो । रात उज्यालोमा पदार्पण नगर्दै गन्तव्य ताकेका बसको टाँटाटुँटु आवाजले छिञ्चुलाई ब्युँताइसकेको छ । म भने डोल्पो सरोवर कन्या भेरी नदीको विपरीत धारको यात्रा भर्दै ८८ किमि पूर्वतर्फ खलङ्गा जाजरकोटको यात्रामा सोझिँदै छु । खलङ्गा छिचोलिने पहिलो बसको तलासीसहित तोकिएको सिटमा मैले आफ्नो स्थान लिन्छु । मिर्मिरेमै सीमित यात्रु समेट्दै छुटेको बसले पोथ्रै पोथ्राको सालघारी फेरो क्षण भरमै नाघ्यो । अँध्यारोको पर्दामा कैद बसको कापबाट धुमिलो पहिचान खुल्दै गरेको रामनगरको बिच गर्भ भएर बसले भेरी किनारमा ओर्लिन हतारको रफ्तार लियो ।
नाटकमय सहर
यति बेला सहरमा चार वटा नाटक मञ्चन भइरहेका छन् । ‘ह बिन्दु राम पण्डित’, ‘दमिनी भिर’, ‘वेडिङ एल्बम’ र ‘म पनि मान्छे हुँ’ क्रमशः शिल्पी थिएटर, मण्डला थिएटर, कौसी थिएटर र कुञ्ज थिएटर (गुरुकुल) मा मञ्चन भइरहेका छन् । यी चार वटै नाटकले दर्शकलाई अलग्गै स्वादको कथा पस्कन खोजेको छ ।
डा. ओममूर्तिको ‘जीवन्त सम्बन्ध’ लोकार्पण
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण भएको छ। डा. अनिलले लेख्नुभएको पुस्तक ‘जीवन्त सम्बन्ध’ उहाँकी आमा राजकुमारीदेवी सिंहले शुक्रबार लोकार्पण गर्नुभयो। यसअघि ‘जीवन्त सम्बन्ध’ पुस्तकको कभर फोटो सार्वजनिक भइसकेको छ। १० वर्षअघि डा. अनिलले ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो।
गुरुकुलमा ‘म पनि मान्छे हुँ’
म पनि मान्छे हुँ (मै भी मानव हुँ) भारतीय नाटककार विष्णु प्रभाकरद्वारा लिखित तथा सरोज अर्यालले नेपालीमा अनुवाद गर्नुभएको नाटक हो। नाटकले मनोविज्ञान, शक्ति र राजनीतिका प्रबल विषयहरूको उठान गरेको छ। राजा अशोक नाटकको वास्तविक विषय हुन्। नाटक राजाको बौद्ध शिक्षामा पालना गर्ने निर्णयमा केन्द्रित छ। ७३ मिनेटसम्म र नाटक सम्पन्न भएपछि पनि पात्रहरूको मनोवृत्ति सङ्कीर्णताले दर्शकलाई बन्धी बनाउन सफल रहन्छ।
तीन कृति लोकार्पण
साहित्यकारद्वय नर्मदेश्वरी सत्याल र जयन्ती स्पन्दनको तीन कृति लोकार्पण गरिएको छ। डा. मदनप्रसाद सत्यालको हीरक जयन्ती समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालका ‘प्रभातमय जिन्दगी’ यात्राकाव्य र ‘गुराँस झैँ’ बाल कवितासङ्ग्रह तथा सर्जक स्पन्दनको बाल कवितासङ्ग्रह ‘खेलौँ रमेर’ को लोकार्पण तथा परिचर्चा गरिएको हो।
हामी राष्ट्रिय निर्यातका वस्तुहरू (कविता)
एयरपोर्टमा ऊ उभिएको छ रातो टीका लगाएर
गज्जव भएछ साथी (कविता)
साथी ! ए साथी ! गज्जब भएछ साथी । साथीले समाचार सुनेको हुनुपर्छ ।
बिपी साहित्य महोत्सव सम्पन्न
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा आयोजित बिपी साहित्य महोत्सव बुधबार सम्पन्न भएको छ । गत भदौ २४ र २५ गते तथा संविधान दिवसको अवसर पारेर बुधबार महामानव बिपीको व्यक्तित्व र कृतित्वका विविध पक्षमाथि बौद्धिक विमर्श गर्दै महोत्सव सकिएको हो । तीनदिने कार्यक्रम अन्तर्गत गत भदौ २६ गतेको कार्यक्रम संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अचानक निधन भएपछि नेपाली कांग्रेसले स्थगित गरेको थियो ।
भीमानको सालिक (कविता)
सहिद पार्कमा एउटा सालिक छ पत्याउनुस् या नपत्याउनुस्