• १३ साउन २०८१, आइतबार

यम र विश्वको ‘साथी’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ५ गते । गायकद्वय यम बराल र विश्व नेपालीको स्वरमा ‘साथी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत छ । सन्जित भण्डारी र मेग सुवेदीको अभिनय रहेको भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ । स्वदेश होस् या विदेश जो जहाँ भए पनि साथीको मित्रता असल हुन्छ भन्ने सन्देश भिडियोमा छ ।

कुवेर तामाङको निर्देशन रहेको भिडियोमा बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन छ । सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।