• १३ साउन २०८१, आइतबार

गायक योगेश वैद्यको निधन

blog

काठमाडौँ, माघ ५ गते । गायक तथा सङ्गीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । मधुमेह रोगबाट पीडित वैद्यको बिहीबार राति १२ः३० बजे काठमाडौँको न्युरो जनरल अस्पताल, गणबहाल सुन्धारामा निधन भएको परिवार स्रोत जनाएको छ । 

उहाँ ‘सपना भुला सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू गाउनुभएको थियो । आज (शुक्रवार) पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ ।