‘मिथिला प्यासन’ चित्रकला प्रदर्शनी
अरुपण आर्ट ग्यालरीमा राधाकृष्णको लीला, भगवान् जगन्नाथ, काली, अर्धनारेश्वर, गणेश, विवाह संस्कारको झल्को दिने चित्रकलाको प्रदर्शनी चलिरहेको छ । नन्दी रात्रि स्कुलमा अध्ययनरत १० जना विद्यार्थीका ‘मिथिला प्यासन’ शीर्षकमा प्रदर्शनी गरिएको उक्त चित्र सबै मिथिला शैली र भावमा क्यानभासमा उतारिएका छन् ।
‘देउता बनाउने मान्छे’ लोकार्पण
उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रोधकलाको माध्यमबाट मुलुकको पहिचान विश्वमा फैलाउन सफल कलाकार कालु कुमाले (कुम्हा) को योगदान र सक्रियता प्रेरणादायी रहेको बताउनुभएको छ । क्रोधकला शिरोमणि फाउन्डेसनद्वारा मङ्गलबार आयोजित कलाकार कुमालेका जीवनी ‘देउता बनाउने मान्छे’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
राहत
पीडितबहादुर र राहतबहादुर सानैदेखिका मिल्ने साथी थिए । पीडितबहादुर गाउँमा नै केही गरेर बस्नु पर्छ भन्ने मान्यता राख्थे । राहतबहादुरको समाज सेवामा रुचि थियो । समय बित्दै गयो पीडितबहादुरला
मङ्गलबारको रात
म मङ्गलबार राति निद्राबाट ब्युँझिएपछि यस्तो भएको हो । बानी अनुसार भान्साकोठामा दुधको एक कप कडा चिया बनाउन गएँ । त्यहाँ पुगिसकेपछि मन परिवर्तन गरेँ र पहिले आफ्नो अनुहार धुने निर्णय गरेँ ।
साझाको विशेष पुस्तक प्रदर्शनी सुरु
नेपालका भाषा, कला, संस्कृतिको सम्बर्धन र प्रवर्धनमा १११ वर्ष सेवा गरेको साझा प्रकाशनले दुई हप्ते विशेष पुस्तक प्रदर्शनी सुरु गरेको छ ।
विस्मृतिका टुक्राटाक्रीहरू (कविता)
वस्मृतिका अनन्त टुक्राटाक्रीहरू मानौँ मेरा झुत्रा लुगाहरू
लोभी बुढो (लघुकथा)
उसले घडीमा आँखा लगायो सैँतिस मिनेटमा ल्यान्ड गरेछ विमान । “अरूभन्दा छिटो पु-याउँछ यो विमानले,” उसले मनमनै भन्यो । नभन्दै भद्रपुरबाट उडेको सैँतिस मिनेटमा काठमाडौँमा उत्रिएको थियो विमान ।
‘गोपीचा’ विमोचित
आख्यानकार विश्व कुइँकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘गोपीचा’ को विमोचन गरिएको छ । राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोस्रो साहित्यिक कृति हो । एक बाहुनले राणाकालमा गरेको जातीय विद्रोहमाथिको विषयवस्तु आख्यान ‘गोपीचा’ मा समेट्ने प्रयास गरिएको छ ।
तीन सर्जक सम्मानित
नेपाली भाषा र संस्कृत साहित्यका मूर्धन्य विद्वानहरू प्राडा पूर्णचन्द्र ढुङ्गेल, प्राडा दयाराम श्रेष्ठ, प्रा. प्रभा भट्टराई सम्मानित हुनुभएको छ । पं काशीनाथ उपाध्याय हरिप्रिया वाङ्मय प्रतिष्ठान, धरानद्वारा राजधानीमा आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो । त्यसै गरी प्रतिष्ठानले सिन्धुली जिल्लास्थित कुशेश्वर संस्कृत विद्यालयलाई पनि सम्मान गरेको छ । सो अवसरमा प्रतिष्ठानका अध्यक्ष प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेलको पुस्तक ‘जीवन तरङ्ग’ कृतिको लोकार्पण पनि गरिएको थियो ।