पुरस्कार समर्पण कार्यक्रम
संस्कृति पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका साहित्यिक व्यक्तित्वलाई सम्मान गरेको छ ।
‘भानुचोक’मा भानुभक्तको सम्झना
दाङको घोराहीस्थीत भानुचोकमा जम्मा भएर आदिकवि भानुभक्त आचार्यको सम्झना गरिएको छ ।
अनौपचारिक पठनसमीक्षामा कृष्णभक्त श्रेष्ठका कविता
कविताबारे पठन गर्नु जति सरल छ, त्यति नै कठिन कार्य कविताबारे बोल्नु वा लेख्नु हो । त्यसमाथि परम्परित समीक्षाले लेख्य विषयलाई विवेचना गर्दा वा मूल विषयमाथि अनेक सन्दर्भसामग्रीले उदाहरण बनाउँदा लेख्य विषयको मूल कथ्य वा विषय दिग्भ्रमित हुने कुरा त छँदै छ, त्यसमा झन् उदाहरणको थुप्रो थुम्कोले भन्नुपर्ने ‘कुरा’ बिलाइरहेको अवस्था बन्न जा
मौखिक ज्ञानको संरक्षणमा जोड
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली परम्परा मौखिक रूपमा मात्र हस्तान्तरण हुँदै आएको ‘मौखिक ज्ञान’ को संरक्षणका लागि पनि पहल हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय अभिलेखालयद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अभिलेखालय राज्यको ‘मेमोरी कार्ड’ भएकाले नेपाली जनजिब्रोमै निहित मौखिक परम्परा नासिने, बिर्सने क्रममा रहेकाले सङ्ग्रह र संरक्षणका लागि अभिलेखालयमार्फत पहल गर्नुपर्ने बताउनुभएको हो ।
भानुजयन्ती विशेषः भानुभक्तको घर खण्डहर
दमौली, असार २९ गते । मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य)तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन ।नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । भानु नगरपािलका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो ।भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०÷८१ भित्रै घर पुनःनिर्माणको काम सुरु हुने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो ।घर पुनःनिर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने रानाभाटको भनाइ छ । उहाँले भन्नुभयो, “कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गा माटोको भए पनि घर निर्माणका लागि काम सुरु हुन्छ, नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौँ ।”पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम सुरु हुनसकेको छैन । अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ । उहाँले भन्नुभयो, “विकास मञ्चको भर पर्दा अपजसमात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौँ ।”भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । रानाभाटले भन्नुभयो, “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ ।”पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम सुरु गर्न नसकिएको जनाएको छ । भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ । विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु. एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा रु. एक लाख २७ हजारको क्षति भएको थियो ।भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताउनुभयो । भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ ।भानुभक्त जन्मस्थल विकास समितिले गतवर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ । शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ । पर्यटन मन्त्रालयको रु. तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षक रूपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ । भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद भएको बताउनुभयो ।भानु जन्मस्थललाई सप्तधाममा विकास गरिनेभानुभक्त जन्म्स्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । तर पर्याप्त बजेट नहुँदा त्यसले मूर्तरुप पाउन सकिरहेको छैन ।आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक रानाभाटको भनाइ छ । चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउनुहुन्छ । “पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन”, रानाभाटले भन्नुभयो, “चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छाँै ।”भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजनाअनुसार रु. तीन करोड बजेट लाग्ने देखिएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापीठमा कच्ची बाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउनुहुन्छ । दुई सय दशौँ भानुजयन्तीका अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछ । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डको उपस्थिति रहने आयोजकले जनाएको छ । रासस
भानुको सम्झनामा दमौलीमा गुन्जिए रामायण
महर्षि वेद व्यास विद्याश्रमका बटुक विमल उपाध्याय न्यौपानेले सुरिलो स्वरमा फरर रामायण पढेर सुनाउँदा उपस्थित सबै चकित परे । नेपाली लेखक सङ्घ तनहुँले २१० औँ भानु जयन्तीको अवसरमा दमौली स्थित बाल मन्दिर माध्यमिक विद्यालय दमौलीमा आयोजित रामायण वाचन कार्यक्रममा चकित परेका हुन् ।
जन्मस्थलमै भानुभक्तको उपेक्षा
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य जन्मस्थलमै उपेक्षामा पर्नुभएको छ । भानु नगरपालिका –४ स्थित भानुको घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको छ भने निर्माण गरिएको रामायण भवन पनि प्रयोग बिहीन अवस्थामा जीर्ण बन्दै गइरहेको छ।
आख्यानकार पुष्कर लोहनी : एक मूल्याङ्कन
आम पाठकका लागि पुष्कर लोहनी एउटा सन्दिग्धताको नाम हो, जसलाई पढ्दा होस पु-याउनुपर्छ । किनभने उनी ‘वर्जित क्षेत्र’ का स्रष्टा हुन् । समालोचक तथा अध्येताहरूका लागि उनी चुनौती हुन्, किनकि उनको अध्ययनको दायरा ज्यादै फराकिलो छ र अलिकति भुलचुक भयो भने उनीमाथि न्याय गर्नै सकिन्न । एकल लेखनका कृतिहरूमा चहकदार मइन्टोल र पिलपिले लालटिन, धरहराको टुप्पो र अदृश्य मान्छे जस्ता पुस्तक देखापर्छन् जबकि आकाश विभाजित छ, पीपलबोट र केराको थाम जस्ता केही कृति सहलेनखमा प्रकाशित छन् । उमेरले पचासी छोइसकेका लोहनीले एकल कृतिको स
वैदिक वाङ्मयले उच्च स्थान दिएको छ नारीलाई
वैदिक वाङ्मयले नारीलाई उच्च स्थान दिएको वेद अध्यताहरूको निष्कर्ष रहेको छ । वाल्मीकि विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइले काठमाडौँमा बुधबार आयोजना गरेको ‘वेदमा नारीको स्थान’ विषयक गोष्ठीमा सहभागी अध्यताहरूले यस्तो निष्कर्ष निकाल्नुभएको हो ।
मैथिली भाषा साहित्य पुरस्कारबाट चौधरी पुरस्कृत
विद्यापति पुरस्कार कोषले मैथिली भाषाको विभिन्न चार विधामा २०७९ सालका लागि घोषणा गरेको पुरस्कार वितरण गरेको छ ।
सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवर्द्धन हुन सक्दैन : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताउनुभएको छ ।
अस्तित्व (कविता)
तिम्रो मनमा जसको विशाल आदर छ अमरत्वप्रति समर्पण छ
पुष्पलालको योगदानलाई युवा पङ्क्तिमा पुर्याउन आवश्यक : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पङ्क्तिमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनुभएको छ ।
जुँगे
राति अबेर सुतेकाले रमेशलाई निन्द्रा राम्ररी परेन । छटपटी मात्र भइरहन्छ । निदाउन खोज्छ निदाउन सक्तैन । घडी हेर्दा ४ मात्र बजेको । कहिले झ्याल खोलेर हेर्छ त कहिले ओच्छ्यानमा लम्पसार भएर सुत्छ । निदाएको जस्तो पनि लाग्छ उसलाई तर अरूले भनेको कुरा सम्झेर एक्लै बरबराउँछ । फेरि सम्हाल्दै भन्छ, “कसलाई विश्वास गर्ने ? विश्वास गर्नलायकका मान्छे नै कोही रहेनछन् यहाँ । जसलाई विश्वास ग¥यो, लात हानिहाल्ने ।” घडी हेर्छ रमेश । ५ बजिसकेको रहेछ । उठेर ऊ तल जान्छ र ढोकामा टकटक हान्छ । भित्रबाट आवाज आउँछ, “को ? यहाँ कोही पनि छैन । बाहिर गइहाल ।” “म रमेश ।”
दुई पुस्तक लोकार्पण
युवा साहित्यकार अनल गौतमले एकै पटक दुई पुस्तक सार्वजनिक गर्नुभएको छ । काठमाडौँमा आयोजित एक साहित्यिक कार्यक्रमबिच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथासङ्ग्रह ‘दाहिने हाते सिक्का र साइकल’ एकैसाथ लोकार्पण गरिएको हो । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा. रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणालगायतका व्यक्तित्वले ती पुस्तक लोकार्पण गर्नुभएको हो । लोकार्पण समारोहमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गौतमका उपन्यास तथा कथासङ्ग्रह निकै नै रोचक र समसामयिक भएको बताउनुभयो । कथासङ्ग्रह ‘दाहिने हाते सिक्का र साइकल’ को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले सङ्ग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै एक कथाले पाठकलाई छुने धारणा व्यक्त गर्नुभयो ।
निक आइमोनस्लाई नेपाल भिजनको सम्मान
अमेरिकाको न्युयोर्कमा रहेको नेपाल भिजन इनकर्पोरेटेडले निक आइमोनस् फाउन्डेसन र संस्थाको उपसभापति डा. जिम र मारलियन आइमोनस्लाई सम्मान तथा अभिनन्दन गरेको छ । उक्त संस्थाले नेपाल र नेपालीलाई गर्दै आएको सहयोगको स्मरण गर्दै नेपाल भिजनले संस्था र त्यसका उपसभापतिलाई सम्मान गरेको जनाएको छ ।
रङ्गमञ्चमा युवापुस्ताको आकर्षण
पछिल्लो समय रङ्गमञ्चमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ। जीवनसँग जोडिएको नाटकले धेरै कलाकार जन्माएको छ । कोही औपचारिक शिक्षा लिएर नाटकमा लागेका छन् भने कोही आफ्नै अनुभव र स्वअध्यननले । नाटकलाई योगदान दिन चाहने र आफ्नो जीवनमा योगदान लिन चाहने थुप्रै युवा अहिले रङ्गमञ्चमा देखिन थालेका छन् । कसैलाई थिएटरमा अभिनय गरेर चलचित्रमा प्रवेश गर्नु छ त कोहीलार्य आफूभित्र भएको कलालाई अझ तिखार्नु छ ।
गीत आएन भुइँचालो पो आयो
हामी सिनेमा हेर्न निमग्न थियौँ । आँखाहरू पर्दातिर एकोहोरिइरहेका थिए । चुम्बकझैँ बिस्तारै तान्दै थियो, कथावस्तुले पनि । करिब १५–२० मिनेटको अन्तरालपश्चात् सिनेमामा केन्द्रित मेरो मन–मस्तिष्कलाई पर्दामा थप एकोहो¥याउने विषय अर्कै बन्यो । मेरा साथी सुदर्शन श्रेष्ठको अभिनय–कौशल नियाल्न पाइयो । उनी नकारात्मक भूमिका निर्वाह गर्दै थिए । वैदेशिक रोजगारीमा जान इच्छुक यत्नशील युवाहरूसँग पैसा असुले पनि विदेश उडाउन भने आलटाल गर्ने भूमिकामा रहेछन् । एक हिसाबले दलाल जस्तै । रकम फसेका युवाहरू उनीकहाँ जान्थे र भन्थे, “कि त हामीलाई चाँडै विदेश उडाइदिनु प¥यो, हैन भने पैसा फिर्ता पाउनु प-यो ।”
बिक्री कौशल सिकाउने ‘बिक्री कला’
बजार अर्थतन्त्रको सबैभन्दा केन्द्रमा हुन्छ– उत्पादित वस्तु तथा सेवाको योजनाबद्ध वितरण र नाफा । त्यसका लागि वस्तु तथा सेवाको उपयोग गर्ने सही ग्राहकको पहिचान गरेर बिक्री गर्ने कौशल आवश्यक पर्छ । निरन्तरको प्रयास, अध्ययन र बजारको मिहिन अनुसन्धानपछि यस्तो कौशल हासिल हुन सक्छ । कतिपयलाई उसको व्यवहारजन्य कारणले नै आधारभूत कौशल प्राप्त हुन्छ भने धेरैका लागि यो निरन्तर मेहनतको विषय हो । बिक्री गर्ने कौशल अर्थात् ‘मार्केटिङ’ वर्तमान विश्व बजारको सबैभन्दा अत्यावश्यक सिप हो । व्यक्ति, संस्थादेखि देश र महादेशले समेत आफूसँग उपलब्ध वस्तु तथा सेवाको अधिकतम प्रचार गर्न÷गराउन चाहन्छन् र त्यसबाट लाभ हासिल गर्न खो
चोबुजे चुलीको मुस्कुराहट
रोल्वालिङको पदयात्रामा हतार गरिएको थिएन । बेदिङमा पुग्दा त्यसभन्दा पहिले देखिएको बाक्लो वन थिएन । त्यहाँ त स–साना बुट्यान मात्र पो देखा परे । भीमकाय चट्टान छिरलिएको देखिन्थ्यो । बेदिङनजिक माने, माने पर्खाल र लुङ्दार फहराएको दृश्यले मज्जैले लोभ्यायो । त्यसको केही समयपछि नै हिमालै हिमालको काखमा थपक्क बसेको शेर्पा जातिको सुन्दर गाउँ बेदिङ टुप्लुक्क देखा प¥यो । बेदिङ पुगेर हामीले चार जनाका लागि खाना पकाउन भन्यौँ । काठमाडौँदेखि तेस्रो दिन दिउँसो बेदिङ पुगेका थियौँ ।
भोजपुरी भाषाका शेक्सपियर
तुलसी दास र कवीर दासपछि भाषासाहित्यको क्षेत्रमा लोकप्रिय व्यक्तित्व हुन् – भिखारी ठाकुर । ठाकुरले समाजका शोषित, पीडित र सदियौँदेखिको दमित आवाजलाई आफ्नो सिर्जनाको मुख्य विषयवस्तु बनाउनुभयो । मातृभाषा भोजपुरीमा तत्कालीन नारी समाजको चित्रण गर्दै उहाँले आफ्नो पहिलो नाटक ‘विदेशिया’को रचना गर्नुभयो, जुन नेपाल र भारतलगायत विभिन्न मुलुकमा चर्चाको शिखरमा रह्यो ।
काललाई जितेकाहरू
कोही मरेर बाँच्छन्, कोही बाँचेर मरिरहेका हुन्छन् तर औँलामा गन्न सकिने व्यक्तिहरू भने मृत्युको मुखमा पुगेर पनि फर्किएका हुन्छन् । काललाई टार्न नसके पनि केही समय सार्न भने सकिन्छ । विज्ञान तथा प्रविधिको विकासले यो सम्भव भएको हो । समग्रमा मान्छेको औसत उमेर पनि बढेको देखिन्छ । त्यसो त उपचार पाउन नसकेर पनि धेरैको मृत्यु हुन्छ । अहिले त स्वेच्छाले आफ्नो जीवन समाप्त गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ । हाम्रो जीवनको एक मात्र अकाट्य सत्यलाई हामीले भने सहज रूपमा लिन सकिरहेका छैनाैँ । संसारमा मृत्युबारे विश्वास गर्न नसकिने धेरै घटना भएका छन् । एक तथ्याङ्क अनुसार सन् १९७० देखि २०२२ सम्म ११ हजार १६४ हवाई दुर्घटनामा ८३ हजार ७७२ जनको मृत्यु भएको छ । विश्वव्यापी रूपमा मृत्युको आठौँ प्रमुख कारण सडक ट्राफिक दुर्घटनामा परी वार्षिक १३ लाखभन्दा बढीले ज्यान गुमाउँछन् ।
मिस नेवाः प्रतियोगिता सुरु
यस वर्षको मिस नेवाः नेपाल लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गर्दै सुरु भएको छ। नेप्लिज फेसन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको नेवार समुदायका युवतीबिचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यसमा सहभागी प्रतियोगी सुन्दरीले राजधानीको इन्द्रचोकस्थित आकाशभैरवमा लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गरेका हुन्।