साहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन
साहित्यकार राम लामा ‘अविनाशी’द्वारा लिखित नियात्रासंग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । लामो समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वारा लिखित उक्त कृतिको आज यहाँ आयोजित कार्यक्रममा प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेलले विमोचन गर्नुभयो ।
चलचित्र समीक्षा : पृथक् निर्देशन र छायाङ्कनको ‘रङ्गेली’
शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित ‘रङ्गेली’ यही फागुन २५ गते रिलिजमा आएको हो ।
दुई कृतिमाथि विमर्श
ताप्लेजुङमा साहित्यकारद्वय विमल वैद्य र मोमिला जोशीको कृतिमाथि विमर्श गरिएको छ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले आयोजना गरेको परिसंवाद कार्यक्रममा साहित्यकार वैद्य र जोशीको प्रकाशित कृतिको विमर्श गरिएको हो ।
‘देय् नइगु बाखं’ सार्वजनिक
वरिष्ठ साहित्यकार महेन्द्रगोपाल कर्माचार्यको लघुकथा सङ्ग्रह ‘देय् नइगु बाखं’ (देश खाने कथा) लोकार्पण गरिएको छ ।
'रङ्ग-ए-गजल' विमोचन
बाँकेका उर्दू साहित्यकारहरुको संस्था ‘गुल्जारे अदब’ नेपालगन्जको आयोजनामा यहाँ डाक्टर कृष्णजंग राणाको कृति ‘रङ्ग-ए-गजल’ को विमोचन, समीक्षा तथा ‘मासिक गजल गोष्ठी’ सम्पन्न गरिएको छ ।
सांस्कृतिक तथा साहित्यिक इकोलोजीबारे
परिस्थितिलाई प्रदर्शन गर्ने समग्र अवस्थालाई पारिस्थितिकी भन्न सकिन्छ तर विषय वा प्रसङ्गवशले पारिस्थितिकी शब्दलाई प्राकृतिक पर्यावरण (इकोलोजी) सँग मात्र जोडेर बुझ्ने गरिएको छ । प्राणीहरू (जीव तथा वनस्पति ) र अजैविक वस्तुहरू स
पन्चैबाजा संरक्षणमा धवलागिरिवासी
विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने मौलिक पहिचान बोकेको पन्चैबाजा लोप हुन थालेपछि खजुरा गाउँपालिका–३, धवलागिरिका बासिन्दा पन्चैबाजा संरक्षणमा जुटेका छन् । स्थानीयको संरक्षणका कारण विवाह, पूजापाठ र विभिन्न शुभकार्य उद्घाटन समारोहमा प्रायः खजुराको पन्चैबाजा समूहको टोली पुग्ने गरेको छ ।
ती दिन फेरि आउला र ? [कथा]
“खान्नँ के म कति भन्नु त्यहि एउटै कुरा पनि, छ्या” भन्दै रीया भित्र कोठाबाट झर्को मान्दै उत्तर फर्काउँछे । आफ्ना सन्तानको पेट भर्न अघि सरेकी ती आमा त्यही ढोकाबाहिर मन खिन्न बनाएर बस्न बाध्य हुन्छिन् । पाँचौँ पटकसम्म त्यही ढोकासँग बोलेसरह महसुस गरेकी मेरी आमालाई छैटौँ पटक भने झर्केको नै आवाज आउँदा पनि मनलाई केही राह
पर्याप्रेमको गुञ्जन
मानव र प्रकृतिबिचको अन्तर सम्बन्धबाट वाताबरणको अवस्था निर्धारण हुने गर्दछ र त्यसको प्रभाव व्यक्ति, समाज, राष्ट्र तथा समस्त प्राणी जगतमा पर्ने गर्दछ । तर वर्तमान सन्दर्भमा मानव र प्रकृतिबिचको सम्बन्धमा असन्तुलन स्थिति सृजना भई मानिस तथा जीव जन्तुहरूले विभिन्न प्रकारका बिपत्ति, सङ्कट तथा अबरोहहरूको सामना गर्नु परेको कुरालाई कवि कृष्ण बाउसेले पर्याप्रेमको गुञ्जन कविता सङग्रह मार्फत व्यक्त गरेका छन् । सामान्य रूपमा भन्नु पर्दा पर्याप्रेमको गुञ्जन कविता सङग्रह भित्रका अधिकांस कविताहरू पर्यावरण दर्शनमा आधारित देखिन्छ । पर्यावरणभित्र मानव, वातावरण, वस्तु, प्रकृतिका विविध सृजना तथा प्रव्रिmयाका साथै यसको अन्तर स
क्याप्टेन उप्रेतीको भूस्वर्गको परिकल्पना सुदूरपश्चिम सार्वजनिक
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक, साँस्कृतिक, पर्यटकीय हिसाबले सुदूरपश्चिम सम्भाव नै सम्भावना बोकेको क्षेत्र भएकोे बताउनुभयो।
ललितकला प्रदर्शनीमा युवाको आकर्षण
बुटवल उपमहानगरपालिका-१५ सेमलारस्थित नवरत्न माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत युवराज तरामु एउटा चित्रले दिने सन्देश समाज परिवर्तनका लागि निकै महत्त्वपूर्ण हुने बताउनुहुन्छ ।
नाटक ‘रिफण्ड’ मञ्चन
फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ आजदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ ।
तिम्रो माया एक कोलाज (कविता)
तिम्रो माया कहिले वसन्तमा फक्रिएको फूल जस्तो ओइलाएपछि
रङ्गकर्मलाई पेसा बनाउन अझै चुनौती
अहिले रङ्गमञ्चमा आफ्नो भविष्य बनाउन चाहने महिलाको सङ्ख्या धेरै भए पनि निरन्तरता दिनेको सङ्ख्यामा कमी नै देखिन्छ । पछिल्लो समय महिलालाई नै प्रमुख पात्र बनाएर नाटकहरू मञ्चन पनि भइरहेका छन् । नाटकमा पुरुष कलाकारको जति भूमिका छ, उत्तिकै भूमिका महिला कलाकारको पनि हुनु पर्छ भन्ने महिला रङ्गकर्मीको दाबी छ ।
राईका पाँच कृति
डा. पुरण राईद्वारा लिखित विभिन्न पाँच विधाका पाँच कृतिको एकैसाथ लोकार्पण गरिएका छन् । नेपाली साहित्य समालोचना तथा सिर्जनात्मक लेखनमा व्रिmयाशील राईको कोभिड दैनिकी ‘डरका विम्ब
लेखनलाई अझ सशक्त बनाउन आग्रह
नेपाली साहित्यमा महिला लेखनले सामाजिक विसङ्गतिका विषय वस्तुलाई अझ सशक्तरुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइएको छ ।
नरेन्द्र चापागाईँ पुरस्कार सुवेदी र पोखरेललाई
शिक्षासेवी तथा साहित्यकार डा. नरेन्द्र चापागाईँको सम्झना एवम् सम्मानमा स्थापित नरेन्द्र चापागाईँ भाषा साहित्य पुरस्कार समालोचक दधिराज सुवेदीलाई प्रदान गरिएको छ।
‘बहादुर शाह’ उपन्यास लोकार्पण
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ नामक उपन्यास लोकार्पण गरिएको छ । उपन्यासको ज्येष्ठ नागरिक नारायणभक्त अर्यालले गर्नुभएको हो ।
तीन जनालाई झपट पुरस्कार
झपट पुरस्कार व्यवस्था समितिले २०८० सालको ‘झपट पुरस्कार’ अमरप्राज्ञ कञ्चन पुडासैनीलाई दिने निर्णय गरेको छ ।
रिसानी माफ होस्
हिजो त्यो सिरानीमा बिसाएको थिए, यो टाउको, हजुरकै टाउकोसित
श्रीमद् देवी भागवत नेपालीमा
भाषिक जटिलताका कारण अध्ययनमा समस्या परेको कुरालाई लक्षित गर्दै नेपाली भाषामा अनुवाद गरेर श्रीमद् देवी भागवत महापुराण प्रकाशन गरिएको छ । रेडियो नेपालबाट अवकाश प्राप्त वरिष्ठ सञ्चारकर्मी धु्रव थापाले संस्कृतमा रहेको धार्मिक पुस्तक नेपालीमा अनुवाद गरी बजारमा ल्याउनु भएको हो ।
आठ जनालाई ‘नइ बाल पुरस्कार’
नइ प्रकाशनले आआफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने चार वर्षदेखि १५ वर्षसम्मका आठ जना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।
समको नाटक ‘अन्धवेग’ मञ्चन
बालकृष्ण समले विसं १९९६ मा लेख्नुभएको मनोवैज्ञानिक दुःखान्त नाटक मण्डला थिएटरमा मञ्चन भइरहेको छ । प्रवीण खतिवडा निर्देशित नाटक ‘अन्धवेग’ यही चैत १८ सम्म मञ्चन हुने आयोजकले जनाइएको छ । समले लेख्नुभएको नाटक मञ्चीय दृष्टिकोणबाट हेर्दा जटिल छन् भन्ने भाष्य निर्माण भएको छ । यो नाटक सरल, स्वभाविक र कोमल संवादले भरिपूर्ण रहेको खतिवडाले जानकारी दिनुभयो ।
तीन दशकदेखि कला क्षेत्रमा समर्पित नरेन्द्र
शिवा तामाङकाठमाडौँ, फागुन २२ गते । अमूर्त कलामा विगत तीन दशकदेखि निरन्तर लाग्नुभएका कलाकारको नाम हो नरेन्द्र भट्टराई । चित्र कोर्न भनेपछि सबै काम बिर्सने कलाकार अमूर्त कलाको विकास र यसको प्रचारमा लगातार रूपमा सक्दो प्रयासमा जुटिरहनुभएको छ । नेपाली कला क्षेत्रमा करिब करिब गुमनाम रूपमै आफ्नो कलायात्रालाई अगाडि बढाइरहनुभएका कलाकार नरेन्द्रले अमूर्त कलामा बढी क्यानभास रङ्ग्याउने गर्नुभएको छ । हुलाकमा जागिरे पिताको साथमा थुप्रै जिल्लामा बस्ने, घुम्ने अवसरका कारण उहाँले बाल्यकालदेखि नै प्रकृतिसँगको सामीप्यको अनुभव गर्नुभयो । कलाकार नरेन्द्र भन्नुहुन्छ, “प्रकृतिले फुर्सदमा सजाएको देशमा जन्मने सौभाग्य मात्र होइन, बाल्यकालमा जुन बहानाले घुम्ने मौका पाएँ, त्यसबेला त्यत्ति जानकारी नभए पनि मैले जब चित्र बनाउने सामान्य प्रशिक्षण लिएँ, करिब तीन दशकदेखि तिनै प्रकृतिको वरिपरि मेरो कलायात्रा घुमिरहेको छ ।” बुटवल निवासी कलाकार नरेन्द्रले राजधानीलाई कर्मथलो बनाउँदै अगाडि बढाउनुभएको कलायात्राको समर्पणलाई हालै सम्पन्न अरनिको दिवसमा १० हजार रुपियाँसहित अमात्य अमूर्त कला पुरस्कारबाट सम्मान गरिएको थियो ।उहाँले नेपालमा आधुनिक कलाको प्रवर्धकका रूपमा स्थापित वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले राख्नुभएको उक्त अमात्य अमूर्त कला पुरस्कार पाउँदा तीन दशकदेखिको कलायात्रामा थप जिम्मेवारीको साथै खुसी लागेको बताउनुभयो । आफ्नो पेसागत धर्म निर्वाह गर्नमा व्यस्त उहाँ कलासम्बन्धी विभिन्न सङ्घ संस्थाको नेतृत्व गर्नभन्दा क्यानभास, रङ, ब्रस चलाउनै मन पराउनुहुन्छ । निरन्तर काममा व्यस्त हुने भएकाले होला उहाँ खासै चर्चामा आउन रुचाउनुहुन्न । कलाकारले सिर्जना गरेको चित्र सङ्कलन गरी क्रेतासम्म पु¥याउने पुलको काम गरिरहनुभएका बिआर श्रेष्ठले कलाकार नरेन्द्रको कलाकारिता र क्षमताबाट विगत लामो समयदेखि आफू परिचित रहेको बताउँदै पूरै अमूर्त र अर्ध अमूर्त कलामा पोख्त उहाँको सिर्जना धेरैले मन पराउने गरेका छन् । चित्रकलाको प्रशिक्षण लिँदादेखि नै परिचित कलाकार नरेन्द्र घरमै बसेर चित्र बनाउनुहुन्छ, घर र ग्यालरीसम्मको मात्र यात्रा गरिरहने कलाकारमध्ये उहाँ पनि पर्नुहुन्छ ।