‘जुद्ध शमशेरका नाममा...’ सार्वजनिक
कवि चैतन्य अधिकारीको दोस्रो कविता सञ्चयन ‘जुद्ध शमशेरका नाममा...’ बजारमा आएको छ । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा शनिबार आयोजित कार्यक्रममा साहित्यकार सरुभक्त, कवि तीर्थ श्रेष्ठलगायतले कृति सार्वजनिक गर्नुभएको हो । पुस्तक शब्द मिडिया प्रालिले प्रकाशन गरेको हो । ६५ कविता सङ्गृहीत कृतिको मूल्य ३५० रुपियाँ रहेको छ । केमिकल इन्जिनियर अधिकारीको यसअघि ‘झरीको किनार’ कविता सङ्ग्रह प्रकाशित छ ।
सतहत्तर वर्षमा पूरा भयो रहर
सतहत्तर वर्षकी आमाले रचना गर्नुभएको ‘जिन्दगीका पानाहरु’ पुस्तकको शनिबार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण भएको छ ।
असोज पहिलो साता काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन
असोजको पहिलो साता काठमाडौँमा बालसाहित्य सम्मेलन हुने भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बालसाहित्य समाज र रुम टु रिडको संयुक्त आयोजनामा असोज ४ र ५ गते दुई दिवसीय अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुन लागेको हो।
विलीन जीवन [कथा]
साँझ छिप्पिँदै रातमा रूपान्तरण हुँदै थियो । बस्तीबाट केही टाढा निष्पट्ट अँध्यारोको साम्राज्यभित्र एउटा छाप्रो जागिरहेको थियो । चारैतिरबाट झ्याउँकिरीको आवाज गुन्जिरहेको थियो । चिसो भुइँमाथि ओछ्याएको गुन्द्रीमा झुमा आफ्नो छोरालाई सुताउन प्रयास गर्दै टाउको मुसारिरहेकी थिइन् । गरिबीका कारण उनको लोग्ने सुकराम सहरमा पैसा कमाउन जाने फर्कने गर्दथे । यस पटक भने सहर पसेको दुई दिनमै कोरोना सङ्क्रमणका कारण लकडाउन भएको तीन हप्ता बितिसकेको थियो । यही कारण सुकराम सहरमै फसेका थिए । कोरोनाको लकडाउन एक महिना थपियो । यातायातका साधन पूरै ठप्प थिए । सुकराम गाउँ फर्किने सम्भावना थिएन ।
छचल्किएका लघुकथाहरू
पाठकले पनि वा लेखकले पनि यहाँ सर्वप्रथम बुझ्नुपर्ने कुरा के छ भने लघुकथा भनेको पृथक् विधा होइन । यो आख्यानकै एक उपविधा हो, जुन सूक्ष्म ढङ्गमा सिर्जना हुने गर्छ । यसैले लघुकथा लेख्नेलाई लघुकथाकार भनेर अनर्थबोध हुने विशेषण दिनु उचित होइन । यो आख्यानकै एक लघुविधा भएकाले यसका सर्जकलाई कथाकार नै भन्नु उचित हुन्छ ।
तरङ्ग (निबन्ध)
ॐकारको तरङ्गबाट सृष्टि भयो । सृष्टिको आधार नै तरङ्ग हुनाले पृथ्वी, जल, तेज, वायु, आकाश सबैमा बेलाबखत तरङ्ग उत्पन्न हुने गर्दछ । भूकम्पले पृथ्वीमा तरङ्ग ल्याए झैँ जल कम्पनले पानीमा तरङ्ग ल्याएको हुन्छ । हावामा पनि तरङ्ग हुने गर्दछ, कहिले सिर्सिरे, कहिले आँधीबेहरी । तेजले पनि त तरङ्ग नै सिर्जना गर्दछ । उखरमाउलो गर्मी, आगलागी, न्यानोपन र तेज तरङ्ग नै हो नि । आकाश पनि द द धम अर्थात् दया, दम र धर्म गर भन्ने ध्वनिमा गडगडाएर तरङ्ग सिर्जना गर्दछ । कहिले भने आकाशमा शून्यताको तरङ्ग देखापरिरहेको हुन्छ । पञ्चमहाभूतको अंश पशुपन्छी एवं मान्छे पनि बाह्य तथा अन्तर तरङ्गले प्रभावित हुनु स्वाभाविकै भयो । खुला तर शान्त स्थानमा आफ्नै आवाज प्रतिध्वनित भई आफ्नै कानमा ठोकिनु पनि त तरङ्गकै बेजोड पक्ष हुँदै हो ।
ऐतिहासिक भीमसेनस्थान
कुनै बेला पूर्वी नेपालको प्रशासनिक केन्द्र भएका कारण धनकुटा नगरमा बाक्लो चहलपहल हुन्थ्यो । उत्तरमा किमाथाङ्का हुँदै तिब्बत र दक्षिणमा विराटनगर हुँदै भारतको जोगबनी मात्रै होइन, फारबिसगन्ज र कोलकातासम्म जोड्ने व्यापारिक मार्गमा पथ्र्यो धनकुटा । उत्तरमा चैनपुर र दक्षिणतिर विजयपुरबाट पूर्वी नेपालको प्रशासनको केन्द्र धनकुटामा सरेपछि धनकुटा नगर थप गुल्जार हुन पुगेको थियो । करिब २०५ वर्षअघि लेखिएको एक पुस्तकमा उसबेलै धनकुटा नगर व्यापक चल्तीको व्यापारिक मार्गमध्ये एक थियो । फ्रान्सिस बुकानन ह्यामिल्टनले आफ्नो पुस्तक ‘एन एकाउन्ट अफ किङ्डम अफ नेपाल’ (सन् १८१९:
विराटप्रतिभा चक्रपाणि चालिसे
वैदिक साहित्यमा केवल देवता र ऋषिहरू मात्र होइन, अन्य भक्तका चरित्र पनि भरिभराउ छन् । एक स्थानमा मनुष्य त्यही तपस्यामा लागेको भए पनि अर्को स्थानमा त्यही मनुष्य जाति आफ्नो तपोबललाई शत्रु–संहारका रूपमा प्रकट गराउन लागेको देखिन्छ । तपोबलद्वारा नै धु्रवले धु्रवत्व प्राप्त गरेका हुन् । भक्त प्रह्लाद संसारमा चिरस्मरणीय बनेका हुन् । राजा यताति, महाराज युधिष्ठिर आदि कैयन् राजर्षिले वैदिक साहित्यका उपासक ऋषिमुनिहरूबाट उपदेश पाएर आत्मलाभ प्राप्ति
‘पाँच/दस पैसा बक्सिस दिन्थे’
काठमाडौँ लगन गोफलटोलमा जन्मिनुभएका चित्रकार हरिप्रसाद शर्मा ८७ वर्षको हुनुभयो । इतिहासका घटना, पात्र र परिवेशलाई चित्रकलामा उतार्नुहुने शर्माले पृथ्वीनारायण शाहको कान्तिपुरमाथिको आक्रमण, सम्राट् अशोकको लुम्बिनी तीर्थयात्रा, अरनिकोको चीन प्रस्थानको क्षण, रानीपोखरी उद्घाटनको दृश्यलगायत दर्जनौँ ऐतिहासिक घटनालाई क्यानभासमा उतार्नुभएको छ । प्रस्तुत छ, चित्रकारिताको विषयमा केन्द्रित रहेर कलाकार शर्मासँग गोरखापत्र समाचारदाता सुकृत नेपालले गर्नुभएको कुराकानी :
कर्णालीमा ललितकला बहस
कर्णाली प्रदेशका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कर्णाली प्रदेशमा ललितकलाको गतिविधिलाई अघि बढाउन सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । मन्त्री शाहीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा ‘कर्णालीमा ललितकला’ छलफलमा सो धारणा व्यक्त गर्नुभएको हो ।
महाधिवेशनमा म कांग्रेसको सभापतिको उम्मेदवार : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताउनु भएको छ ।
क्लासिकमा बाउन्न चित्रकला
दस युवा कलाकारको सामूहिक चित्रकला प्रदर्शनी ‘कनेक्सन थट्स’ क्लासिक आर्ट ग्यालरीमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले मङ्गलबार प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीमा एक्रेलिक, तेल, जलरङ, मिक्स मिडियम र प्रिन्ट मेकिङ माध्यमका ५२ थान चित्रकला राखिएको छ । प्रदर्शनीमा राखिएका कलाकृतिमा हिसिला महर्जन, न्हुज श्रेष्ठ, ओजस्वी श्रेष्ठ, समन नाछिरिङ राई, शरन तण्डुकार, शर्मिलादेवी तामाङ, सोनाम चामलिङ राई, सुदन श्रेष्ठ, सुजनवीर वज्राचार्य र यमबाङ थापामगरले संस्कृति, सम्पदा, समसामयिक विषयवस्तुलाई प्रस्तुत गर्नुभएको छ ।
बालकथामा चार महिला
राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चार अग्रणी महिलाको जीवनी सचित्र बालकथा सार्वजनिक भएको छ । पर्यटन उद्यमी अम्बिका श्रेष्ठको निधन भएको ४५ औँ दिन सो पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा अम्बिका श्रेष्ठ, सपना प्रधान मल्ल, पासाङ ल्हामु शेर्पा र आनी छोइङ डोल्माका जीवन भोगाइ समेटिएका छन् । लुज माथेमाको लेखन रहेको सो कृतिसङ्ग्रह पब्लिकेसन नेपालले तयार पारेको हो ।
तम्घासमा कविता वाचन प्रतियोगिता
गुल्मीको तम्घासमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाकै पुरानो पुस्तकालय तम्घासस्थित किरण पुस्तकालयद्वारा युवाकवि मोतीराम भट्टको १५९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कविता वाचन प्रतियोगितामा १२ जना बाल कविहरू सहभागी हुनुभएको हो ।
‘जानकी साहित्य पुरस्कार’ भण्डारीलाई
‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुरप्रसाद शर्मा भण्डारीलाई प्रदान गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको सो पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घास गुल्मीले यस वर्ष साहित्यकार भण्डारीलाई प्रदान गरेको हो ।
सङ्गीत साधक रविनदासको निधन
शास्त्रीय सङ्गीत साधक रविनदास श्रेष्ठको हृदयाघातका कारण शनिबार राति निधन भएको छ । काठमाडौँ ठमेलस्थित निवासमा श्रेष्ठको निधन भएको हो । स्वर्गीय श्रेष्ठको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ । श्रेष्ठका साथी डा. रमेश पोखरेलका अनुसार हिजो बेलुकाबाट नै श्रेष्ठले हल्का असहज महसुस गरिरहनुभएको थियो । एकछिन काम छ भनेर कोठामा छिर्नुभएका श्रेष्ठको त्यहीँ निधन भएको थियो । उहाँकी श्रीमती कोठामा जाँदा श्रेष्ठ ढलिरहनुभएको अवस्थामा पाइएको थियो ।
तिज र तिज गीतको सान्दर्भिकता बारे बहस
नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (काव्य र पद्य) विभागले सोमबार ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कलामा राजसी प्रतीक र विम्ब
कलामा प्रतीक वा विम्बहरू हजारांँ वर्षदेखि राजसी ढङ्गले ठाँटबाँटका साथ बसिरहेका देखिन्छन् । समुदायबिच कहिले कला आफैँ विम्बका रूपमा देखा पर्दछ । (चैत्य, स्तूप, प्रतिमा स्वयं
मरभूमिमा वसन्ती याम बजारमा
कवि विपिन पाठकको मरभूमिमा वसन्ती याम कविता संग्रह बजारमा आएको छ । ईन्डिगो इन्कले प्रकाशन गरेको सो कविता संग्रहमा समसामाहिक विषयसग जोडिएका ३७ वटा कविता संग्रहित छन् ।
तिज गीत गाउन तिवारी आमालाई भ्याइनभ्याइ
तिज पर्व नजिकिएसँगै रामपुर–५ की लक्ष्मी तिवारी (तिवारी आमा) को व्यस्तता बढेको छ । ६५ वर्षीय तिवारी आमालाई तिज कार्यक्रममा पुगेर गीत गाउन भ्याइनभ्याइ छ । परम्परागत भाका र शैलीमा समसामयिक विषयवस्तु टिपेर तिज गीत गाउने खुबी भएकी तिवारी आमालाई विभिन्न समूहले बोलाउने गरेका छन् । अहिलेको राजनीतिक तथा सामाजिक अवस्थालाई टपक्कै टिपेर गीतमा उन्न सक्ने क्षमता तिवारी आमामा छ । उहाँलाई पाल्पा, रुपन्देही, गुल्मी, स्याङ्जा, नवलपरासीसम्मबाट तिज गीत गाउन निम्तो आउने गरेको छ ।
मोती जयन्तीको सन्दर्भमा गजल उत्सव
१५९ औँ मोती जयन्तीको सन्दर्भमा गल्याङ–३ मा गल्याङ गजल उत्सव– २०८१ गरिएको छ। गल्याङ प्रज्ञा प्रतिष्ठान, गल्याङले युवाकवि मोतीराम भट्टको सम्झना तथा साहित्यको माहौल सिर्जना गर्ने उद्देश्यले गजल उत्सव गरेको हो।
प्रेम विद्रोह (कथा)
म जब ऊसँग एक्लै हुन्थेँ, म आफैँमा निकै दङ्ग, फुरुङ्ग र कता कता हराए जस्तो हुन्थँे । कहिले उसको सम्झनाले मप्रति एकाग्रता पैदा गथ्र्यो । मेरा आँखा
तीन कृतिलाई फेडोल सम्मान
फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्वारा तीन कृतिका लेखकलाई २०८१ सालको फेडोल उत्कृष्ट सम्मान प्रदान गरिएको छ । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर) लाई सो सम्मान प्रदान गरिएको हो । प्राडा माधवप्रसाद भट्टराईले उत्कृष्ट सम्मान प्रदान गर्नुभएको हो ।
पुनर्जन्मको कथा ‘काँचो धागो’
नाटक ‘काँचो धागो’ मा गण्डकी प्रदेशमा बोलिने बोलचालको भाषादेखि लिएर मगर जातिको ठाडोभाकाको लोकगीत, सङ्गीत र नृत्यका साथै गन्धर्वको गीतको मौलिकता भल्किन्छ । समाजमा देखिने समाजिक बेथितिलाई नाटकमा पेचिलो ढङ्गमा पस्कन माहिर निर्देशक तथा लेखक आशान्त शर्माले यस पटक पनि नाटक ‘काँचो धागो’ मार्फत दर्शकलाई भावनामा बग्न बाध्य बनाएका छन् । काठमाडौँको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको नाटकमा मानवीय स्वभाव, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग जोड्न खोजिएको छ ।