गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २७ गते । पेरोल काव्य घर (साहित्य विभाग) र झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनामा ‘झ्याउरे छन्दलय कविता वाचन’ काभ्रेमा सम्पन्न भएको छ । कार्यक्रममा लोकगायक मच्छेश्वर सापकोटाले झ्याउरे छन्दलय नेपालको मौलिक कविता भएकाले यसको संवर्धन गर्दै यसलाई देशव्यापी र विश्वव्यापी गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमकी संयोजक रेणुका भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कविहरू मुरहरि रायमाझीको कविता वाचन, लोकेन्द्र ढकाल, जयनारायण नेपालको कृष्णमणि कुइँकेल र डा. छत्रपति दाहालको यन्दुल केसीले कविता वाचन गर्नुभएको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न भएको थियो ।