आत्मदाह प्रयासअघि फेसबुकमा लामो स्ट्याटस
सङ्घीय संसद् भवन अगाडि मङ्गलबार दिउँसो एक व्यक्तिले आफैँलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्।
खेल मिलेमतोमा आयोजकसहित १० जना संलग्न : सीआईबी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हालै त्रिवि मैदान कीर्तिपुरमा सम्पन्न नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतोमा १० जना संलग्न रहेको जनाएको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्तीले सुरक्षा अवस्था सुदृढ
इलाम जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको दोहोरो गस्ती प्रभावकारी बनेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएपछि सीमा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाबल (एसएसपी) को संयुक्त गस्ती प्रभावकारी बनेको हो ।
झुण्डिएर दुईजना मरेको अवस्थामा फेला
झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई दुई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् । यसअघि साउनमा कचनकवल –५ स्थित दल्लेगाउँमा तीनजना किशोरीहरूले झुन्डिएर आत्महत्या गरेका थिए ।
खेल मिलेमतोको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतो गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पाँच हजार ९३८ महिला र बालबालिका सम्पर्कविहीन
नेपाल भारत जमुनाहा नाकाबाट भारतमा २० वर्षमा सात हजार ५७२ जना महिला तथा बालबालिका हराएको निवेदन परेको छ । आफन्त र परिवारद्वारा खोज तलास गरी पाउँ भनी माइती नेपालको नेपालगञ्ज कार्यालयमा सो निवेदन परेको जनाइएको छ ।
७३१ राहदानीसहित तीन जना पक्राउ
प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुमा रहेका दुईवटा होटलबाट ७३१ थान राहदानी (पासपोर्ट)सहित तीन जनालाई प्रक्राउ गरेको छ । गोङ्गबुको वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लीकोटबाट बिहीबार उक्त राहदानीसहित प्रहरीले प्रक्राउ गरी वैदेशिक रोजगार विभागलाई जिम्मा लगाएको हो ।
खुकुरी प्रहारबाट एकको मृत्यु
धरान उपमहानगरपालिका वडा –५ मा खुकुरी प्रहारबाट एक जना पुरुषको मृत्यु भएको छ । एक जना महिला घाइते हुनुभएको छ । बिहीबार बिहान धरान –५ स्थित आँपटारमा ३९ वर्षीय विकास भनिने हर्कबहादुर राईले आफ्नै घरको भान्सामा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
ठगी गर्ने एक महिला पक्राउ
कारागारमा रहेको थुनुवा छुटाई दिने भनी आपराधिक लाभ लिएर ठगी गर्ने धरानको एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ हजार युरो बरामद
दुबई उठानद्वारा काठमाडौंबाट दुबई हुँदै क्रोएसिया जान लागेका २१ जनाबाट प्रहरीले ५१ हजार ३५० युरो बरामद गरेको छ ।
ठगी आरोपमा सहकारी अध्यक्ष यादव पक्राउ
सेवाग्राहीको लाखौं रुपियाँ ठगी गरेको आरोपमा धनुषाको जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष ध्रवनारायण यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
इन्जिनियर साह घुससहित अख्तियारको नियन्त्रणमा
सप्तरी जिल्ला शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको छ ।
हातहतियारसहित दुई व्यक्ति बुटवलमा पक्राउ
बुटवलबाट हातहतियार र विस्फोटक पदार्थसहित दुईजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा बस्ने नवीन रेग्मी र कञ्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की छन् ।
महाराष्ट्रमा एक नेपालीको विभत्स हत्या !
भारतको महाराष्ट्रको आलिबागमा बस्ने कैलालीको लम्कीचुहा नगरपालिका ‐६ बावनपुर घर भएका १८ वर्षीय कमल विकको बावनपुरमै बस्ने उहाँका साथीहरु मिलेर हत्या गरेको खुलेको छ ।
अरुलाई जोगाउन खोज्दा आफै मारिए गुरुङ
रिसको आवेगमा धारिलो हतियार खुँडा लिएर हिड्ने युवकलाई रोक्ने क्रममा तनहुँको भानु नगरपालिका –६ टुहुरे पसल बस्ने वर्ष ४९ का सन्तबहादुर गुरुङको मृत्यु भएको छ ।
विद्यालयबाट घर फर्किएकी विद्यार्थीको शव फेला
खोटाङमा १७ वर्षीया बालिका शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी रञ्जिता दाहाल घर नजिकै मृत अवस्थामा भेटिएकी हुन् ।
मुद्दा दर्तापछि अभियुक्त फरार
सुखीपुर नगरपालिका –३ कुशहाकी २५ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरी गर्भ बोकाएको आरोपमा मुद्दा दर्ता भएपछि चन्दन यादव फरार भएका छन् । २२ वर्षीय यादवमाथि इलाका प्रहरी कार्यालय पतारीले मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएपछि प्रहरीले खोजी गर्दा यादव फरार भएकाले प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।
अख्तियारका पूर्वआयुक्त पाठकलाई तीन वर्ष कैद गर्ने फैसला
विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ ।
बुवाको हत्या गर्ने छोरालाई दश वर्ष कैद
आफ्नै बुवाको हत्या गर्ने बागलुङको गलकोट नगरपालिका–८ का २२ वर्षीय अनिल सार्कीलाई जिल्ला अदालतले दश वर्ष कैद सजाय तोकेको छ।
अर्घाखाँचीमा जिपकाे ठक्करबाट एककाे मृत्यु
जिपले ठक्कर दिँदा शीतगङ्गा नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय ज्ञानबहादुर नेपालीको मृत्यु भएको हाे । बिहीबार सन्धिखर्क गोरुसिङ्गे सडक खण्ड अन्तर्गत भेडामारेबाट अमराईतर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा नेपालीलाई ठक्कर दिएको थियो ।
स्रोत नखुलेको १६ लाखसहित एक भारतीय नागरिक पक्राउ
जिल्ला प्रहरी कार्यालय, धनुषाले स्रोत नखुलेको १६ लाख नगद रुपियाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
अख्तियारद्वारा २५ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा २५ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
श्रीमान् र श्रीमती मृत अवस्थामा फेला
श्रीमान् श्रीमती दुबै घरमा मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान गर्न चितवनका प्रहरी प्रमुख नवराज अधिकारीसहितको टोली भरतपुर २९ कविलास पुगेको छ ।
जाली नोटसहित एक महिला प्रहरी नियन्त्रणमा
चितवन प्रहरीले जाली नोटसहित एक जना महिलालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ ।