• १३ साउन २०८१, आइतबार

बुवाको हत्या गर्ने छोरालाई दश वर्ष कैद

blog

नवीन शिशिर 

बागलुङ, पुस २८ गते। आफ्नै बुवाको हत्या गर्ने बागलुङको गलकोट नगरपालिका–८ का २२ वर्षीय अनिल सार्कीलाई जिल्ला अदालतले दश वर्ष कैद सजाय तोकेको छ। 

जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले पुस २५ गते धनबहादुर सार्कीको मनसायपूर्वक हत्या गरेको ठहर गर्दै छोरालाई एक लाख रुपियाँ जरिवानासहित कैद फैसला गरेको श्रेष्तेदार सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो। 

आमासँग मिलेर ४० वर्षीय बुवा धनबहादुर सार्कीको हत्या गरेको आरोपमा प्रहरीले २०७७ साल चैत्र ३ गते आमा छोरालाई पक्राउ गरेको थियो। अदालतले गत पुस ६ गते श्रीमती कुमारी सार्कीलाई हत्यामा संलग्नता नरहेको भन्दै सफाइ दिएको थियो। 

वि.स २०७७ चैत्र १ गते धनबहादुरलाई कुटपिट गरेर घरमै लुकाएर राख्दा ३ गते मृत्यु भएको धन्दै धनबहादुरका दाजु जुठे सार्कीले बुहारी र भतिजाविरुद्ध प्रहरीमा वि.स २०७७ चैत्र ४ गते कर्तव्य ज्यान कसुर शीर्षकमा मुद्दा दर्ता गराउनुभएको थियो।