• १३ साउन २०८१, आइतबार

अरुलाई जोगाउन खोज्दा आफै मारिए गुरुङ

blog

अमरराज नहर्की

तनहुँ, माघ २ गते । रिसको आवेगमा धारिलो हतियार खुँडा लिएर हिड्ने युवकलाई रोक्ने क्रममा तनहुँको भानु नगरपालिका –६ टुहुरे पसल बस्ने वर्ष ४९ का सन्तबहादुर गुरुङको मृत्यु भएको छ । 

व्यास नगरपालिका –८ रिस्ती बस्ने बर्ष २४ को आशिष परियारलाई रोक्ने क्रममा गुरुङको मृत्यु भएको हो । परियारले सोमबार बिहान ११:३५ बजे खुडाँले घाँटीमा प्रहार गर्दा घटनास्थलमै उहाँको मृत्यु भएको प्रहरी चौकी टुहुरेका प्रमुख जनक महतले जानकारी दिनुभयो । 

गुरुङकै घरमा पसेर खुँडा बोकेर हिडेपछि अरुको ज्यान जोगाउँछु भनेर रोक्ने प्रयास गरेका बेला परियारले आवेगमा आएर उहाँको घाँटीमा प्रहार गर्दा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महतले जानकारी दिनुभयो । 

अनियन्त्रित भएर मान्छे कुट्दै, पिट्दै, टोक्दै हिडेको १५ मिनेटमा मृतक व्यक्तिको घरबाट खुँडा निकालेर सडकमा नचाएपछि कुनै अप्रिय घटना हुन नपावस् भनेर  गुरुङ्ले परियारलाई रोक्ने प्रयास गर्नुभएको थियो । अभियुक्त गुरुङ स्थानीय र पुलिसको सहयोगमा प्रहरी नियन्त्रणमा रहेको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

प्रहरीचौकी र घटनास्थल करिब १०० मिटर दूरीमा अवस्थित छ । दुवै व्यक्तिबीच कुनै पनि भेटघाट, झगडा, रिसिबी नरहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ ।