आइसियु तोडफोड गर्नेलाई कारबाहीको माग
नेपाल चिकित्सक संघले चितवन मेडिकल कलेजको अति सघन कक्ष आइसीयू तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । असोज १७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले आइसीयूमा तोडफोड गरेका थिए ।
एकै परिवारका तीन जना मृत फेला
गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।
बाबुद्वारा छोराको हत्या
धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ९ मा आफ्नै बुवाले छोराको हत्या गरेका छन् । हत्या हुनेमा पाख्रिवास ९ का ३० वर्षीय सन्तोष ठाडा रहेका छन् ।
ढुङ्गेसाँघुमा वृद्ध मृत अवस्थामा फेला
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु तेल्लाबुङका ७५ वर्षीय मुकुन्द थोप्रा लिम्बू बिहीबार राति मृत फेला परेका हुन् ।
क्रिकेटर सन्दीप लामिछाने प्रहरी वृत्त गौशालामा
बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनु भएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
आईएमई लुटपाटमा संलग्न थप दुईजना पक्राउ
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा गएको सोमबार एक आईएमई लुटपाटमा संलग्न थप दुईजना पक्राउ परेका छन् । प्रहरीले एकजनालाई झापाको बिर्तामोड र अर्कोलाई फुङ्लिङ बजारकै हेलिप्याड क्षेत्रबाट बुधबार साँझ पक्राउ गरेको हो ।
सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी नियन्त्रणमा
एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षकमाथि जबरजस्ती करणी मुद्दा दर्ता
महिला प्रहरी माथि जबरजस्ती करणी प्रयासमा धादिङको इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुंगानामाथि मुद्दा दर्ता भएको छ ।
आईएमईमा लुटपाट मच्चाउनेमाथि अनुसन्धान सुरु
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमईमा लुटपाट मच्चाउनेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । आईएमईमा लुटपाट मच्चाउने समूहमध्येका शंकास्पद एकजनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
महाकाली नगरपालिका –४ तिंकर खेडा बस्ने प्रेमसिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंह सहित ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष प्रहरी भएको बताउने दुई ठग पक्राउ
उदयपुरमा आफूलाई विशेष प्रहरी भएको बताउँदै ठगी गर्ने दुई जना ठगलाई प्रहरीले पक्राउ गरेको छ । आपूहरु सिभिल (सादा पोसाकका) प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्की दिएर जवरजस्ती रकम मागेर ठगी गरेको अभियोगमा दुई जना ठगलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डमरु दहमा डुबेर एक व्यक्तिको मृत्यु
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा वाड नम्बर – ३ ठाडामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको आइतबार मृत्यु भएको छ । शितगंगा – ३ दह निवासी ३७ वर्षीय खिमबहादुर नेपालीको डुबेर मृत्यु भएको हो ।
सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन
नवीन सुवेदीसुर्खेत, असोज १५ गते । कर्णालीमा चाडपर्वका बेलामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशभर चार हजार १४१ जना प्रहरी परिचालन गरिएको छ भने सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी माधवप्रसाद श्रेष्ठका अनुसार सुर्खेतमा सुरक्षा व्यवस्थालाई कडा पार्न दुई वटा तालिम प्राप्त कुकुर सुर्खेत ल्याइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आपराधिक क्रियाकलाप बढी हुने गरेका छन् भने लागूऔषध कारोबार पनि धेरै हुने गरेको प्रहरीको निष्कर्ष छ । सोही कुरालाई विचार गरेर एउटा लागू औषध .सम्बन्धी र एउटा विस्फाेटक पदार्थ, हातहतियारसम्बन्धी चेकजाँच गर्ने कुकुर ल्याइएको श्रेष्ठले बताउनुभयो । कर्णालीको प्रवेशद्वार भनेको बबई, छिन्चु हो ।चाडपर्वको समयमा कुनै हातहतियारहरू, विस्फोटक पदार्थ र लागूऔषध कारोबार हुन्छ कि भनेर पूर्व तयारीस्वरुप कुकुर परिचालन गरिएको छ । शुक्रबार छिन्चु कोहलपुर–सुर्खेत वीरेन्द्रनगर, सल्यान, जाजरकोट जाने सवारी साधनको चेकजाँच गरिएको थियो भने शनिबार राजधानी वीरेन्द्रनगरमा कुकुर ल्याइएको छ । प्रवक्ता श्रेष्ठका अनुसार सुर्खेत बाहेक अन्य जिल्लामा कुकुर परिचालन गरिने छैन । अन्य जिल्लाहरूमा सुरक्षा व्यवस्थालाई कडा पार्नका लागि प्रहरी परिचालन गरिएको छ ।दसैँको समयमा कसैले हातहतियारहरू, विस्फाेटक पदार्थहरू ओसारपसार हुन सक्छ कि भनेर कुकुर परिचालन गरिएको उहाँले बताउनुभयो ।
हत्या अभियोगमा तीन जना पक्राउ
काठमाडौँको गोठाटारमा गोली हानेर मोहम्मद दर्जी (लाल मोहम्मद)को हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
छोराको हत्या गरी फरार रहेका बाबु पक्राउ
छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चेकजाँचमा कडाइ, सिभिल प्रहरी परिचालन
जिल्ला प्रहरी कार्यालय नवलपुरले चाडपर्व लक्षित सुरक्षा चेकजाँचलाई कडाई गरेको छ । चेकजाँचमा कडाई गर्दै पूर्वपश्चिम राजमार्गमा चल्ने लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य गरिएको छ ।
भरूवा बन्दुकसहित दुई प्रकाउ
भरूवा बन्दुकसहित २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाबाट १ ओखट्टे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल र ३७ वर्षीय पर्शुराम खनाललाई प्रकाउ गरेको हो ।
ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली
काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली भएको छ ।
ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली
काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली भएको छ ।
ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली
काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली भएको छ ।
ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली
काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली भएको छ ।
तोकिएको भन्दा बढी भाडा लिने १६ जना पक्राउ
यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ट्राफिक प्रहरीले काठमाडौंको कोटेश्वर र नयाँबसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो ।
तोकिएको भन्दा बढी भाडा लिने १६ जना पक्राउ
यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ट्राफिक प्रहरीले काठमाडौंको कोटेश्वर र नयाँबसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो ।
तोकिएको भन्दा बढी भाडा लिने १६ जना पक्राउ
यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ट्राफिक प्रहरीले काठमाडौंको कोटेश्वर र नयाँबसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो ।